सिलगढीदेखि दार्जिलिङसम्म चार्टर्ड बस सेवा शुरु

9f71d9fc-9352-48b7-ac25-2ad54f9d09f5

सिलगढी: उत्तर बंगाल राज्य परिवहन निगमले सवारी भाडामा लिँदा पर्यटकहरूले भोग्नुपर्ने समस्याहरूबाट छुटकारा दिलाउने उद्देश्यले एउटा नयाँ पहल शुरू गरेको छ। निगमले शनिबार १५ अप्रेलबाट सिलगढीदेखि दार्जिलिङसम्म चार्टर्ड बस सेवा सुरु गरेको छ। आठ हजार रुपियाँ तिरेर यो बस भाडामा लिन सकिने कुरो निगमका अध्यक्ष पार्थप्रतिम रायले बताएका छन् ।यो बस सिलगढीबाट छुटेर दार्जिलिङसम्म पुग्ने छ र पर्यटकहरुका लागि बसलाई आरामदायक बनाइँदैछ । तर यो बसले १२ जना यात्रीलाई मात्र लिएर जाने छैन। २० यात्रीबाट ८ हजार रुपियाँ भुक्तान भएपछि मात्र बस सेवा उपलब्ध हुनेछ ।
यस दिनको उद्घाटन समारोहमा सिलगढीका मेयर गौतम देवको उपस्थिति थियो।उनले पर्यटकहरूको झन्झट कम गर्न उत्तर बङ्गाल राज्य परिवहन निगमले गरेको यो पहलले उत्तर बङ्गालको यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपेको बताए । यसले पर्यटकहरूलाई निकै फाइदा पुग्नेछ । पर्यटन पनि विस्तार हुनेछ । सुरुमा पाँचवटा बसबाट सेवा सुरु गरिने तर आगामी दिनमा थप बस थपिने निगम स्रोतले जनाएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement