उत्तर बङ्गाल कृषि विश्वविद्यालयको बेपत्ता विद्यार्थीको शव फेला

264607e7-2c46-4144-a1ea-b80aa69550c5

कुचबिहार: उत्तर बङ्गाल कृषि विश्वविद्यालयको बेपत्ता विद्यार्थीको शव घटना भएको करिब १९ घण्टापछि फेला परेको छ । जानकारी अनुसार ,हिजो विश्वविद्यालयको प्रथम वर्षका विद्यार्थी सम्राट घोष (१९) आफ्ना केही साथीहरूसँग तोरसा खोलामा नुहाउन गएका थिए। खोलामा नुहाउँदा ती चारैजाना खोलामा डुबेका थिए ।स्थानीय बासिन्दाले तीनजनालाई बचाए पनि सम्राट घोषको अत्तोपत्तो लागेको थिएन।हिजो पुलिस र नागरिक सुरक्षा निकायले नदीमा धेरैबेर खोजी-तलासी गर्दा पनि सम्राट घोषको कुनै पत्तो लाग्न सकेको थिएन। फेरी आज बिहानैदेखि खोजी कार्य सुरु गरिएको थियो ।अन्तमा धेरै मेहनत पछि सम्राट घोषको शव भेटियो । घटनाको कारण पुरै क्षेत्रमा शोकको लहर छाएको छ । घटनाको जानकारी पाएपछि स्थानीय विधायक सुकुमार राय र एनबीएसटीसीका अध्यक्ष पार्थप्रतिम राय आज बिहान घटनास्थल पुगेका थिए ।

About Author

Advertisement