नयाँ दिल्ली: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग रक्सी घोटाला प्रकरणमा सीबीआईले सोधपुछ गरिरहेको छ। अर्कोतर्फ सोधपुछपछि केजरीवालको पक्राउको अड्कलबाजी पनि तीब्र भएको छ। यसैबीच, आम आदमी पार्टीका वरिष्ठ नेता गोपाल रायले थप रणनीतिका लागि संगठनका पदाधिकारीको आकस्मिक बैठक पार्टी मुख्यालयमा बोलाएका छन्। उही समयमा दिल्लीमा प्रदर्शन गरिरहेका धेरै वरिष्ठ आप नेताहरूलाई पुलिसले हिरासतमा लिएको छ। पक्राउ परेका नेताहरूमा सञ्जय सिंह, राघव चड्ढा, सौरभ भारद्वाज, आतिशी, कैलाश गहलोत, आदिल अहमद खान, पंकज गुप्ता र पञ्जाब सरकारका केही मन्त्रीहरू छन्।
आर्चबिशप रोडमा धर्नामा सामेल भएका पञ्जाबका मुख्यमन्त्री भगवन्त मान आम आदमी पार्टीका नेताहरूलाई हिरासतमा लिनुअघि नै घटनास्थल छाडेका थिए। दिल्लीका मन्त्री सौरभ भारद्वाजले दाबी गरे, ‘पुलिसले सबै मन्त्री र सदस्यहरूलाई पक्राउ गरेको छ। हामी यहाँ शान्तिपूर्वक बसेका थियौं, तर पुलिसले अवैध रूपमा हामी सबैलाई पक्राउ गर्योl’ चड्डाले ट्वीट गरे, ‘दिल्ली पुलिसले हामीलाई शान्तिपूर्वक बसेको भन्दै पक्राउ गरेको छ र हामीलाई अज्ञात ठाउँमा लैजाइरहेको छ। यो कस्तो तानाशाही हो?’ केन्द्रीय अन्तःशुल्क नीति मुद्दामा साक्षीका रूपमा केजरीवाललाई सोधपुछका लागि अनुसन्धान ब्यूरो (सीबीआई)ले कार्यालयमा बोलाएको छ। यस मामिलामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया यसअघि नै पक्रा परेका छन्।