कोरोनाको ११,१०९ नयाँ मामिला, २९ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ११,१०९ नयाँ मामिला अघि आएको छ, जुन २३६ दिनमा सबैभन्दा धेरै हो। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,८७,१११ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले दिल्ली र राजस्थानमा ३–३ जना, छत्तीसगढ र पञ्जाबमा २–२, हिमाचल प्रदेश, कर्नाटक, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, पुडुचेरी, तमिलनाडु, उत्तराखण्ड र उत्तर प्रदेशमा १–१ जना र केरलामा १० जना गरी कुल २९ नयाँ मृत्युसँगै यस रोगका कारण मृत्यु हुनेको संख्या ५,३१,०६४ पुगेको छ। यसरी नै यस अवधिमा ६,४५६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४२,१६,५८३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७२% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ४९,६२२ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ५.०१ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ४.२९ प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,२१,७२५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,३७,१९,२०७ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ४६७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२५,१२० जनाले यो खोप लगाइसकेको छन्।










