टी. आर. गिरीकृत पुस्तक ‘सिक्किममा जन्म भारतमा कर्म’ को विमोचन

2f902a51-4f90-43b3-a54a-7f48f63e3578

सिलगढ़ीः दार्जिलिङ सिकसटी प्लस एसोसिएशनको तत्वावधानमा आयोजीत तथा यस संस्थाका संस्थापक सदस्य रहेका वर्त्तमान अध्यक्ष टी. आर. गिरीकृत पुस्तक ‘सिक्किममा जन्म भारतमा कर्म’ को यसै संस्थाका वरिष्ठ सदस्य मिरिक निवासी एल बि देवानको अध्यक्षतामा विशिष्ट अतिथिहरूको उपस्थितिमा विधिवत लोकार्पण गरियो। यस अवसरमा समारोहको प्रारम्भमा मञ्चमा आसीन अध्यक्ष एल बी देवान, प्रमुख अतिथि डा जीवन राणा, हास्यव्यङग्यकार कृष्ण प्रधान, उपाध्यक्ष बिबी ठकुरी, बद्रीदेबी शर्मा, आजीवन सदस्य तथा एडभोकेट जीवन अधिकारी, सल्लाहकार तथा पूर्व आइ एएस अधिकारी, के के छेत्री, समाज सेवक मीमलाल सापकोटा,डा खेमराज शर्मा अनि साहित्यकार लतिका जोशीहरूलाई संस्थाका आजीवन सदस्या श्रीमती तारा शर्माद्वारा माल्यार्पण गरिएपछि उहाँहरूकै करकलमबाट दीप प्रज्ज्वलन गरी समारोहको शुभारम्भ गरियो। संस्थाका सचिव मणिकुमार शर्माले स्वागत वक्तव्य प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लक्ष्मण नेपालले कृतिकार टी. आर. गिरीको परिचय प्रस्तुत गर्नुभयो। यस अवसरमा हास्यव्यङग्यकार कृष्ण प्रधान अनि प्रमुख अतिथि डा जीवन राणाबाट कृतिको समीक्षा प्रस्तुत गरियो। दुर्गाजनकल्याण संगठन दुर्गा मल्ल भवनमा आयोजीत समारोहमा उक्त कृतिको प्रकाशक दार्जिलिङ सिक्सटी प्लस एसोसिएशन भएवापत सचिव मणिकुमार शर्माले प्रकाशकको वक्तव्य प्रस्तुत गरे। यस संस्थाका सदस्यसदस्या साथै आमन्त्रित अतिथिहरूले भरिएको भवनमा साहित्यकार युवराज काफ्लेद्वारा सञ्चालित समारोहमा टी. आर. गिरीकृत पुस्तक सिक्किममा जन्म भारतमा कर्म -को भव्यरूपमा लोकार्पण गरियो। अन्तमा अध्यक्षिय सम्भाषणपछि संस्थाका सदस्य आर. बी. छेत्रीले धन्यवाद ज्ञापन प्रस्तुत गरेपछि अध्यक्षद्वारा समारोह समाप्तिको घोषणा गरियो भनी संस्थाको पक्षमा सचिव मणिकुमार शर्माले विज्ञप्ति जारी गरेर जानकारी गराएका हुन्।

About Author

Advertisement