[पहिलो वैशाख विशेष]   विक्रमाब्द र अरू कुरा

00-1-IMG-20230413-WA0218

संवत्‌लाई समय गणनाका लागि भारतीय मानदण्ड मानिन्छ। भारतमा अहिलेसम्म चलिरहेका दुइटा प्रसिद्ध परम्परागत संवत् छन्- शकाब्द र विक्रमाब्द। अब्द भनेको वर्ष हो। उदाहरणार्थ विक्रमको अब्द विक्रमाब्द, शकको अब्द शकाब्द। वर्षलाई संवत्सर वा संवत् पनि भनिन्छ।अङ्ग्रेजीमा यसलाई क्यालेण्डर भनिन्छ। तिथि, पर्व, ज्योतिष, पूर्वानुमान, निदेशन, सूचनाहरू पनि क्यालेण्डरमा राखिए त्यो अल्मानक (Almanac) हुन्छ। 

विक्रमाब्द इसाब्दभन्दा ५७ वर्षले जेठो छ भने शकाब्द इसाब्दभन्दा ७८ वर्षले कान्छो छ। विक्रमाब्द र शकाब्दमा १३५ वर्षको अन्तर छ। नेपालको मौलिक पात्रो हो नेपाल संवत्।

विक्रम संवत् चलाउनेहरू सबैका नव वर्ष एकै दिन पर्दैनन्। भौगोलिक स्थिति र प्रकृतिको अनुकूलताअनुसार नव वर्ष भिन्नभिन्न मासमा पर्दछन्। उदाहरणका लागि गाङ्गेय क्षेत्रमा १ गते चैत नव वर्ष हो। यहाँको वैदिक पञ्चाङ्गअनुसार, चैत्र शुक्ल प्रति वर्षको पहिलो तिथि हुँदछ। यस दिनदेखि हिन्दू मान्यताअनुसार नव वर्ष थालिन्छ। गुजरातको नव वर्ष कुनै ठाउँ असोजको औँसीदेखि र कति ठाउँ कात्तिकको औँसीदेखि थालिन्छ। हिमाली क्षेत्रमा हाम्रो नव वर्ष पहिलो वैशाखमा हुन्छ, पहिलो मास पनि वैशाख हुन्छ। मधेशको विक्रम सम्वत् चैतदेखि थालेर फागुनमा सकिन्छ। हाम्रो वर्ष वैशाखदेखि थालिएर चैतमा शेष हुन्छ। 

‘विक्रमादित्य’ प्रतापी हिन्दू राजाले धारण गर्ने उपाधि हो र मिथकीय चरित्र पनि। विक्रमादित्यलाई कतिले सत्य मान्दछन् भने कतिले काल्पनिक र कतिले वीर नायकको प्रतीक कुनै विक्रमादित्यको पालामा खगोलविद् बराहमिहिरले बनाएको पात्रो विक्रम संवत् हो। शक संवत् कनिष्कले थाले भन्नेहरू पनि छन्, तर कनिष्क त कुषाण हुन् शक होइनन्। बौद्ध कुषाणकालमा सातवाहन (ब्राह्मणहरूले सातवाहनलाई शालिवाहन नाम दिएका देखिन्छन्) शकले कुनै विक्रमादित्यका वंशजलाई मालवा वा उज्जैनमा हराएको वर्षदेखि शक संवत् थालिएको मान्नेहरू धेरै छन्। त्यसपछि उत्तर भारतमा विक्रम संवत् अनि दक्षिण भारतमा शक संवत् प्रचारमा आएका थिए। बौद्ध भारतको पात्रो हुनाले बौद्ध राष्ट्र काम्बोडियाले शक संवत्‌लाई मान्यता दिएको छ। अहिले भारतको राष्ट्रिय पात्रो पनि यही हो। ख्यात कथा वा किम्वदन्तीअनुसार राजा विक्रमादित्यले शकहरूलाई जितेको अवसरमा विक्रम संवत् स्थापना गरेको बुझिन्छ। जैन भिक्षु महेशरसुरीको  कालकचर्या कथानकमा उज्जैनका राजा गन्धर्वसेनले भिक्षुकी भगिनी सरस्वतीलाई हरेको बेला शकस्थान [अहिलेको इरानको सिस्तान (Seistan)]-का राजा साहीको सहायता मागे। शकको सेनाले जितेपछि गन्धर्वसेन वनमा निर्वासित भएका बेला बाघबाट मारिए। वनमा पलेबढेका उनको छोरो विक्रमादित्य कालान्तरमा प्रतिस्थान (अहिलेको महाराष्ट्रको पैथान)-का शासक बन्नुपुगे। पछि त्यहाँबाट उज्जैनमा शकहरूलाई आक्रमण गरी जिते अनि विक्रम संवत् स्थापना गरे। 

 इ. १५८२-मा जुलियन संवत् सुधारेर ग्रेगोरियन संवत् बनाएजस्तै शक संवतमा हिन्दू पर्वहरू थपेर विक्रम संवत् बनाएको मान्नेहरू पनि छन्। विक्रमाब्द र शकाब्दका बाह्रमासे नाम पनि मिल्दछन्। बौद्ध शक पात्रोलाई हिन्दू पुरोहितहरूले भावहरण गरे भन्ने मान्नेहरू पनि छन्। इसाब्द ७८-देखि शक संवत थालिन्छ। इसाब्द २०२२-मा शकाब्द १९४४ चलिरहेको छ। ग्रेगोरी संवत् सँगसँगै वर्तमान भारतको यो प्रशासनिक संवत् हो। 

पुरानो शक संवत्‌को कथा बेग्लै छ- वास्तवमा पुरानो शक संवत् नै भारतको समृद्ध पात्रो हो। यो बौद्ध पात्रो हुनाले यसकै प्रतिलिपि पात्रो विक्रमादित्यको नाम दिएर हिन्दू पुरोहितहरूले विक्रमाब्दलाई प्रोन्नत गरेका हुन्। वाराहमिहिरको संहितामा उल्लेख भएको शक संवत् त इपू ५५०-देखि थालिएको छ। वराहमिहिर र आमराजद्वारा उपयोग गरिएको शक संवत् ५५० इपू अर्थात् ५१८ विक्रमपूर्व-देखि थालिएको प्रथम शक संवत् हो।  साइरस नामका शक राजकुमार पर्शिया (अहिलेको इरान) राज्यअन्तर्गत ‘एलम’ नामक एउटा जनपदका राजकुमार थिए। साइरसले शक्ति संचय गरीकन ५५० इपू.-मा मीडियालाई हराएर आफ्नो पर्शियाली साम्राज्य बनाए। भारतवर्षसित सम्राट् साइरसको राम्रो सम्बन्ध थियो। पर्शियाली सम्राज्य स्थापना गर्न उसलाई सिन्धुदेश (इन्दस) वा भारतका राजाबाट सहायता प्राप्त भएको थियो। अतः ५५० इपू.-को तिथिले मीडियन साम्राज्यको अन्त अनि पर्शियाली साम्राज्यको स्थापना सूचित गर्दछ। यो तिथिले संसारकै इतिहासमा अत्यधिक महत्त्व राख्दछ। हिरोडोटसले स्पष्ट रूपमा लेखेका छन्- यस कालपछि पर्शियाली राजाहरूले काल गणना यही तिथिदेखि गर्दथे। इ. ७८-देखि बौद्धमार्गीहरूले शक संवत् पुन: संस्कारित गरी प्रयोगमा ल्याए। हिन्दूहरू विक्रमीमै अडिए। गुप्त राजाहरूले आफ्नै गुप्त संवत् इ. ३१८-देखि प्रयोगमा ल्याए। भारत प्रशासनले इ.१९५७-मा भारत राजपत्र (Gazette of India)-ले मान्यता दिएका दुइटा संवत् छन्- ग्रेगोरी संवत् र शक संवत्। 

नेपाल संवत् बनाउने ज्योतिष शङ्खधर साँख्वा हुन्। इसा संवत् २०२३-मा नेपाल संवत् ११४३ चलिरहेको छ। नेपालको आफ्नो मौलिक पात्रो त नेपाल संवत् हो।  मल्लकालमा नेपाल संवत् चल्दथ्यो भने पृथ्वीनारायण शाहले नेपाल जितेपछि शक सम्वत् प्रयोगमा ल्याए। राणाहरूले भने विक्रम संवत्‌लाई मान्यता दिए। यसरी नेपालको आफ्नो १५-१५ दिनको एक मास हुने नेपाल संवत् ओझेलमा पऱ्यो। इ. १८४६-मा जङ्गबहादुरदेखि राणा शासन थालिएर १९०१-मा चन्द्र शमशेर प्रधान मन्त्री भएपछि १९०४-देखि शक संवत्-को सट्टा विक्रम संवत्-लाई राष्ट्रिय मान्यता दिने घोषणा गरे।   यस गणितले नेपालले विक्रमाब्द प्रयोगमा ल्याएको अहिले ११९ वर्ष हुँदैछ। 

पहिलो जनवरीमा नववर्ष मनाइने पात्रोलाई क्रिस्चियन पात्रो (इसाब्द) नामले चिनिन्छ। पोप ग्रेगोरीले इसाब्द १५८२-देखि यो पात्रो थालेका हुनाले यसलाई ग्रेगोरियन क्यालेण्डर नाम दिइएको पाइन्छ। कति ठाउँ यसलाई इङ्लिस क्यालेण्डर वा अङ्ग्रेजी पात्रो पनि भनिन्छ, तर  अङ्ग्रेजी पात्रो होइन। अङ्ग्रेजहरूको देश ग्रेट ब्रिटेनले त १७५२-सम्म जुलियन क्यालेण्डरै चलाउँदथे। प्रोटेस्टन हुनाको नाताले रोमन क्याथलिकको क्यालेण्डरलाई पनि प्रोटेस्ट नै गरिरहेका थिए। युरोपबाहिर उपनिवेश फैलाउन र वैदेशिक विनिमयका लागि कर परेर मात्रै १७५२-मा ब्रिटेनले ग्रेगोरियन क्यालेण्डर मानिलिएको थियो। 

ग्रेगोरियन पात्रोलाई अरबीहरूले ईसवी वा इस्वी वा सन् भन्दछन् भने नेपालीमा ‘इसाको’ वा ‘ईशाको’ भनिन्छ। उदाहरण- इसाको २०२३ वर्ष वा इसाब्द २०२३ वा इसा संवत् २०२३। बाह्र मासको अवधि वा एक वर्षलाई अरबी भाषामा ‘साल’ भनिन्छ। नेपालीमा ‘साल’ भनेको त औँरो वा काँड़ो अर्थात् शिशु जन्मँदा नाइटोमा गाँसिएर आएको आन्द्रो वा मांसपेशी हो। नेपालीको ‘साल’ शब्द प्राकृत भाषाको ‘सल्ल’-बाट बनिएको हो। नेपालभाषा (नेवारी)-मा ‘साल’ भनेको तेल निकाल्ने यन्त्र कोल हो। प्वाल बुच्चाउने काठको कीला वा ढोका अड्काउने आग्लो वा चुकुललाई पनि नेवारीमा साल भनिन्छ। संस्कृतको ‘शाल’-चाहिँ सालको रुख वा एकखाले माछा वा पर्खाल हो। अरबी ‘शाल’ हाम्रो मजेत्रो (मुजो+एत्रो) हो। 

अब पात्रोकै कुरा गरौँ। जुलियने पात्रो हुँदो हो त यसपालि वर्ष २०६७ (२०२३+४४) हुन्थ्यो। गायस जुलियस सिजर रोमन राजनयिक, प्रशासन-प्रमुख र ल्याटिन गद्यकार थिए। यिनको जन्म हाम्रो भानु जयन्तीकै दिन १३ जुलाईमा येसु जन्मनुभन्दा ठीक १०० वर्षअघि भएको थियो। यिनकै पालादेखि रोमन गणतन्त्र रोमन साम्राज्यमा परिवर्तित भएको इतिहास छ।  विक्रमाब्द वा विक्रम संवत् वा विक्रमी भारतीय उपमहाद्वीपमा प्रचलित हिन्दू पञ्चाङ्ग हो। भारतमा यो अनेक राज्यमा प्रचलित पारम्परिक पञ्चाङ्ग रहिआएको छ। नेपालको प्रशासनिक संवत्‌को रूपमा ११९ वर्षदेखि विक्रम संवत् नै चलिआएको छ। यसमा चान्द्र मास एवं सौर नाक्षत्र वर्ष (solar sidereal years) उपयोग हुँदछ। विक्रमी संवत्‌को आरम्भ ५७ इ.पू. भएको थियो। यसकारण विक्रमी संवत् निकाल्नुपर्दा  इसा सम्वत्‌मा ५७ जोड्नुपर्दछ।

आद्य शङ्कराचार्यको हिन्दू पुनर्जागरण अर्थात् नवौँ शताब्दीदेखि विक्रम संवत्‌को नाम विशिष्ट रूपले प्रयोग भएको पाइन्छ। संस्कृतका ज्योतिष ग्रन्थहरूमा शक संवत्‌भन्दा भिन्न देखाउनाका लागि सामान्यतः केवल ‘संवत्’ नाम प्रयोग गरिएको पाइन्छ। हुनता सबै पात्रो नै संवत् हुन्। पुरोहितहरूले विक्रम संवत्‌लाई मात्र संवत् भन्नुमा अरू पात्रो अमान्य गर्ने युक्ति हुनसक्दछ।

यस संवत्‌को आरम्भ गुजरातमा अश्विन वा कार्तिक शुक्ल प्रतिपदादेखि हुँदछ भने उत्तर भारतमा चैत्र शुक्ल प्रतिपददेखि मानिन्छ तर नेपालमा र विश्व गोर्खा समुदायले वैशाख १ गतेदेखि मान्दछन्। बाह्र मासको एक वर्ष र सात दिनको एक साता राख्ने प्रचलन विक्रम संवत्‌बाटै थालिएको हो भन्नेहरू पनि छन्। मासको गणित सूर्य वा चन्द्रमाको गतिमा राखिन्छ। यसमा बाह्र राशिका बाह्र सौर मास हुन्छन्। चान्द्र वर्ष सौर वर्षभन्दा ११ दिन ३ घटी ४८ पल छोटो हुँदछ, यसकारण प्रत्येक ३ वर्षमा यसमा १ मास जोड़िदिने गरिन्छ। एक मास जोड़िएको मासलाई अधिमास वा मलमास भनिन्छ। प्रत्येक मासमा दुई पक्ष हुँदछन्- कृष्ण पक्ष र शुक्ल पक्ष।

पूर्णिमाको दिन, चन्द्रमा जुन नक्षत्रमा हुँदछ त्यही आधारमा मासका नामकरण भएका हुन्छन् –वैशाख (विशाखा, अनुराधा), ज्येष्ठ (जेष्ठा, मूल), आषाढ (पूर्वाषाढ़ा, उत्तराषाढ़ा, सतभिषा),  श्रावण (श्रावण, धनिष्ठा), भाद्रपद (पूर्वाभाद्रपद, उत्तरभाद्रपद), आश्विन (अश्विन, रेवती, भरणी),  कार्तिक (कृत्तिका बदी, रोहणी), मार्गशीर्ष (मृगशिरा, उत्तरा), पोष (पुनर्वसु, पुष्य), माघ (मघा, अश्लेशा), फाल्गुन (पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्त), चैत्र (चित्रा, स्वाति)। समयलाई नापेर हेरिएको सम्भवत: कोलोम्बियाअघिको मेसोअमेरिका अर्थात् अहिलेको गुआटिमालातिरको माया सभ्यतामा पाइन्छ। मायाहरूले क्यालेन्डर बनाएको ५००० इसापूर्व हो। बेबिलोन क्यालेन्डर ४००० इपू र जेविस (यहुदी) क्यालेन्डर ३००० इपू मानिन्छ।

भारतीय मिथक र इतिहास पढ्दैजाँदा यहाँ किसिमकिसिमका पात्रो भेटिन्छन्। इतिहास, पुराण र ज्योतिषले उल्लेख गरेका केही पुराना संवत् यिनीहरू हुन्-   

▪️प्राचीन सप्तर्षि संवत् – ६६७६ इपू.-देखि थालिएको मानिने  प्राचीन सप्तर्षि भारतको प्राचीन संवत् हो।

▪️ कलियुग संवत्  -३१०२ इपू.-देखि थालिएको मानिने कलियुग संवत् भारतको अर्को प्राचीन संवत् हो। भागवतअनुसार यस संवत्‌को थालनी पाण्डवहरूद्वारा अभिमन्युको छोरो परीक्षितलाई सिंहासनमा राखी आफूहरू हिमालयतिर प्रस्थान गरेका तथा श्रीकृष्ण वैकुण्ठ जानुदेखि भएको मानिन्छ।

▪️ सप्तर्षि संवत्– यो ३०७६ इसापूर्वदेखि थालिएर महाभारत कालसम्म यो सम्वत् प्रयोग भयो। पछि बिस्तारै हरायो। वैष्णवहरूका कथाले मानेको यो सम्वत्‌लाई कश्मीरी शैवहरूले लौकिक संवत् भने अनि अहिलेको हिमाचल प्रदेशतिर भने शास्त्र संवत् मानेका हुनाले पत्याउनेहरूले अझ मान्ने गर्दछन्। 

▪️ वीर निर्वाण संवत् – २४औँ जैन तीर्थङ्कर महावीर स्वामीले निर्वाण प्राप्त गरेको अवसरमा ७ अक्टोबर ५२७ ईपू.-मा आरम्भ गरिएको पात्रो जैनहरूले अझ चलाइरहेका छन्।

▪️ कल्चुरी संवत्– यो पनि हिन्दू पात्रो नै हो। सेप्टेम्बर २४८-मा दक्षिण (डेक्कन)-का राजा महाक्षत्रप ईश्वरसेनले थालेको यो पात्रो गुजरात र महाराष्ट्रमा १३औँ शताब्दीसम्म प्रयोगमा आएको थाहा लाग्दछ। यो पात्रोका मासहरू शक र विक्रम पात्रोका जस्तै छन्। असोजदेखि पहिलो मास लाग्दछ।

▪️गुप्त संवत्- गुप्तकालमा ई ३१८-देखि चन्द्रगुप्त प्रथमले यो संवत् प्रयोगमा ल्याएका थिए। 

पहिलो वैशाखमा मन उत्सवी हुने बानी हामीलाई लागिसकेको छ। हाम्रा लेक र औल दुवैतिर हिउँद सकेर प्रकृति नातिशितोष्ण भएको हुन्छ। कवि माधव घिमिरेले ‘वैशाख’ कवितामा यसो भने-

आई कैल्यै नसकिने चैत वैशाख मेरो

लाई कैल्यै नसकिने प्रीत नौलाख मेरो।”

वैशाखले हामीलाई नवोन्मेष दिने भइसकेको छ। हामीलाई कर्मकाण्ड र संस्कार संस्कृतिमा चाहिने विक्रम संवत् नै भइआएको छ। नेपाल हिन्दू राष्ट्र बसिदिएको बेला हिन्दू पात्रो नेपालले चलाइदिएको हुनाले भारतका लागि पनि उदाहरण भएको हो। हुनता नेपालले भारतकै सिको गरेर हिन्दू राष्ट्रमा हिन्दू पात्रो चलाउने निर्णय लिईकन शकका साथै नेपालकै हिन्दू पात्रो नेपाल संवत् निरस्त गरीकन विक्रम संवत्‌लाई स्थान दिएको हो। यसो गरेको ई.१९०४-देखि यता अहिलेसम्म ११९ वर्ष भइसक्यो। यसैले बानी पऱ्यो।  काशी, प्रयाग, मथुराको प्रभावले भारतमा पनि विक्रमाब्दको शक्ति अधिक छ। भारत प्रशासनले बौद्ध पात्रो शक सम्वतलाई राष्ट्रिय पात्रो घोषणा गरे तापनि हिन्दूको सङ्ख्याधिक्यले विक्रमी नै बलवती बनेको छ। आधुनिक प्रविधिमा पनि यस पात्रोको प्रयोग बढेकोले देश-विदेशका सनातनीहरूका संस्कार-संस्कृतिसित विक्रमाब्दले स्थान बनाउन सकेको छ। कार्यालयीय कामकाज इसाब्दमा गरिए पनि न्वारान, पूजा, बिहा, मृत्युमा तिथिमिति हेर्नुपर्दा विक्रमाब्द नै प्रयोगमा आइरहेको छ। यसलाई विरोध गरेर संस्कृतिच्यूत भइने हुनाले यसको संरक्षणमै ध्यान दिनु बुद्धिमत्तापूर्ण कार्य हुनेछ। 

 ०००

[पहिलो वैशाख विशेष]

  विक्रमाब्द र अरू कुरा

 दिवाकर प्रधान

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement