हकी इण्डियाले आरपी सिंहलाई चयन समितिको अध्यक्ष नियुक्त गऱ्यो

IMG-20230414-WA0107.jpg

१४ अप्रेलः भारतका पूर्व अन्तर्राष्ट्रिय खेलाड़ी अनि उत्तर प्रदेशका खेल निदेशक आरपी सिंहलाई हरबिन्दर सिंहको स्थानमा हकी इण्डियाको चयन समितिको नयाँ अध्यक्ष नियुक्त गरियो। आरपी सिंहलाई मंगलवार यस पदमा नियुक्त गरियो अनि नयाँ समिति १५ अप्रेलदेखि प्रभावी हुनेछ। आरपी सिंह बाहेक चयन समितिमा बलविन्दर सिंह, मोहम्मद रियाज, एमएम सोमाया, सुभद्रा प्रधान, सरदार सिंह, बीपी गोविन्दा, चिंगलेनसाना सिंह कंजुगम, रजनीश मिश्रा, भीआर रघुनाथ, समीर दाद, युवराज वाल्मीकि, जयदीप कौर र असुन्ता लाकड़ा सामेल छन्। समितिमा राष्ट्रिय पुरुष अनि महिला टीमका मुख्य प्रशिक्षक, वैज्ञानिक सल्लाहकार र हाई परफर्मेन्स निदेशक सामेल हुनेछन्। हकी इण्डियाका महासचिव भोला नाथ सिंहले आरपी सिंहलाई चयन समितिको नयाँ अध्यक्षको रूपमा नियुक्तिमा बधाई दिएका छन्। आरपी सिंह १९९८-मा जूनियर चयन समितिका सदस्य रहेका थिए अनि २०२१-मा हकी इण्डियाको हाई परफर्मेन्स अनि विकास समितिका अध्यक्षको रूपमा पनि काम गरेका थिए। उनी २०२१ मा सीनियर चयन समितिका सदस्य बनेका थिए। उनले अब शनिवार बेंगलुरुमा भारतीय टोलीको दुई दिवसीय चयन ट्रायलको साथ आफ्नो कार्यकाल शुरु गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement