बरदाङ। लोवर सिङ्लेबुङको ट्यांकी खोलाको जंगलमा हिजो आगलागी भएको थियो जसलाई स्थानीयहरुले निभाएका थिए भने आज फेरि यहाँको चिहान डाँड़ादेखि कार्तिके खोल्छा बीचको जंगलमा बिहान १०:३० बजीदेखि आगो लागेकोले लोवर सिङलेबुङवासीहरु चिन्तित बनेका थिए। स्थानीय सक्रिय युवा इन्द्र बहादुर छेत्रीसहित उनका सहकर्मी दलले आज दिनभरि नै आगो निभाउन संघर्ष गरिरहे। उनीहरुले आफ्नो गाउँको देवी थान र पानीको मुहानको पाइपहरु आगोबाट बचाउन सके तर भयानक गतिमा दन्केको आगोले लोवर बरदाङ गाउँमा ल्याइएको कम्तिमा पनि १० घरको पिउने पानीको पोली पाइपहरुलाई जलाएर नष्ट पारेको जानकारी इन्द्र बहादुर छेत्रीले दिएका छन्। यो समाचार लेखिरहेको बेलामा पनि आगो निभाउन सकिएको थिएन।









