द पोइट आईडलको फाइनलिस्ट कवि पल्लवीव सिंगगकलाई जीटीएद्वारा स्वागत

IMG-20230413-WA0137.jpg

खरसाङ: आज द पोइट आईडल नेपालको फाइनलिस्ट दार्जीलिङ पहाडका कवि पल्लवीव सिंगगक अनि सिक्किमकी कवियत्री निलम गुरुङलाई पूर्वी नेपालको भद्रपुर हवाइ अड्डामा जीटीएको पक्षमा स्वागत गरिएको छ। आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पक्षबाट डेपुटी चेयरम्यान राजेस चौहान भद्रपुर हवाई पुगेर दार्जिलिङ बिजनबारीको सुपुत्र पल्लवीव सिंगगलाई स्वागत जनाएका छन्। जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले खदा लगाएर भद्रपुर हवाइ अड्डामा नै पल्लवीवलाई स्वागत गरेका छन्। आज दुई कविहरूलाई स्वागत गर्न दार्जीलिङ अनि सिक्किमका मानिसहरू भद्रपुर हवाई अड्डामा नै पुगेका थिए। द पोइट आईडल नेपालको सम्पूर्ण प्रतियोगीहरुलाई उछिन्दै दार्जीलिङका कवि पल्लवीव अनि सिक्किमकी कवियत्री निलम गुरुङ अन्तिम फाइनलमा प्रवेश गरेका छन्। उनीहरुले १० दिनसम्म आफ्नो घरमा बसेर फेरि फाइनलको निम्ति काठमाडौं जानेछन्। भोलि दार्जीलिङमा हुने गोर्खा नयाँ वर्षको कार्यक्रममा दार्जीलिङका कवि पल्लविवले भाग लिएर आफ्नो कविता प्रस्तुत गर्ने जानकारी प्राप्त भएको छ।

यस अवसरमा बोल्दै जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पक्षबाट दार्जिलिङको कवि पल्लवीव र सिक्किमकी कवियत्री निलमलाई स्वागत गर्न आएको जनाउँदै दुवैले हाम्रो दार्जिलिङ र सिक्किमको नाम उच्च पारेका छन् भनी बताएका छन्। उनले यसै अवसरमा दुवैलाई प्रचुर मात्रामा भोट गरेर जिताउने अपिल पनि सबैलाई गरेका छन्। यसरी भद्रपुर हवाई अड्डामा नै स्वागत जनाएकोमा दार्जीलिङका कवि पल्लवीव अनि सिक्किमकी कवियत्री निलम गुरुङले खुशी व्यक्त गरेका छन्।

About Author

Advertisement