ओकाइटीमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन

IMG-20230413-WA0184.jpg

दार्जीलिङ: ओकाइटी चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन गरिएको छ। मिरिक महकुमा समष्टि अन्तर्गत ओकाइटी चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न भयो।संगीत मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा लाडुप घिसिङ विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै सजीवन राई, अदिप राई, पूष्प गुरूङ, राजू बम्जन आदि उपस्थित रहेका थिए। आयोजित सभामा पहाडको बर्तमान अवस्था साथै चिया श्रमिकहरूको समस्याहरूमाथि गम्भीर चर्चा-परिचर्चा गरिएपछि ओकाइटी चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन गर्ने निर्णय लिइयो, जसमा सर्वसम्मति अनुरूप राजु बम्जनलाई अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष मोहनी राई, सचिव प्रीति लोहरूङ, सहसचिव प्रभात राई, भूमिका खडका, कोषाध्यक्ष दीक्षा राई र किशान गुरूङलाई चयन गरिएको छ।त्यसैगरी प्रमुख सल्लाकारहरूमा फिरोज गुरूङ, रूपेन राई,यशोधा खडका, विनिता खडका सामेल रहेका छन। त्यसैगरी कार्यकारिणी सदस्यहरूमा अबेश गुरूङ, प्रणय राई, विगेन राई, अभिनन्दन गजमेर, पूर्ण देव राई, चेतन शर्मा, सुजित राई, बुद्धिमान बागदास, राजु राई, प्रणय राई, राजीव प्रधान,कुन्दन तामाङ, सचिता तामाङ, सुजता तामाङ, वृन्दा राई, सुष्मा राई सामेल रहेका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement