दार्जीलिङ: गोर्खाल्याण्ड हाम्रो मुटुको ढुकढुकी हो,गोर्खालाई रोटी र घर भए पुग्छ भन्ने फैजल अहमद को हुन ? भन्दै हाम्रो पार्टीको घूम-जोरबंगला समष्टिका कोअर्डिनेटर सुरज तामाङले आक्रोश पोखेका छन्।
गत केही दिन अधि दार्जीलिङ प्रेस गिल्डमा फैजल अहमदले पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खाहरूलाई के को गोर्खाल्याण्ड, उनीहरूलाई रोटी र घर भए पुग्छ भन्ने मन्तव्य दिएका थिए।यस संदर्भमा हाम्रो पार्टीको घूम-जोरबंगला समष्टिका कोअर्डिनेटर सुरज तामाङले फैजल अहमदप्रति आक्रोश पोख्दै गोर्खाहरूमाथि घृणित र अपमानजनक शब्दहरू प्रयोग भएको उल्लेख गरेका छन्।तामाङले भने, गोर्खाल्याण्ड गोर्खाहरूको मुटुको ढुकढुकी हो,जबसम्म गोर्खाहरू यस धरतीमा रहन्छन, तबसम्म गोर्खाल्याण्डको मांग गोर्खाहरूले निरन्तररूपमा उठाईरहनेछन। फैजल अहमद समक्ष हामीले गोर्खाल्याण्डको समर्थन गरी देउ भनेर कुनै दिन भनेका पनि छैनौ अनि भन्दैनौ पनि, तिनले भने। दार्जीलिङ गोर्खाहरूको छाती हो अनि गोर्खाको छातीमा बसेर गोर्खाहरूलाई रोटी र घर भए पुग्छ,गोर्खाल्याण्डको हामी समर्थन गर्दैनौ भन्ने तिमी को हौ, तामाङले प्रश्न गरे।बंगाल सरकारसंग मिलेर काम गर्छु भन्नेहरूको आड पाएर आज हाम्रै छातीमा टेकेर गोर्खाहरूलाई रोटी र घर भए पुग्छ, गोर्खाल्याण्डको समर्थन गर्दैनौ भन्ने जस्ता घृणित र अपमानित शब्दहरूको प्रयोग गर्दैछ, सुरज तामाङले भने। हामी गोर्खाहरू १९८६ देखि निरन्तररूपमा लडदै आईरहेका छौ अनि जबसम्म गोर्खाल्याण्ड हुदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ, कोअर्डिनेटर तामाङले भने।









