बङ्गालमा कोरोनाले वृद्धको मृत्यु

SATATE

कोलकताः पश्चिम बंगालमा एक पल्ट फेरि कोरोनाको कारण एक व्यक्तिको मृत्युपछि सङ्क्रमणको डर फैलिन थालेको छ। राज्य स्वास्थ्य विभागको सूत्रहरूले पुष्टि गरेको छ, ७९ वर्षीय वृद्धको कोरोनाको कारण मृत्यु भएको छ। उनको पहिचान भास्कर दासको रूपमा गरिएको छ। सास लिनमा समस्या, गला दुःख्नु, सर्दी-खोकी र ज्वरोको लक्षणहरूको साथ उनलाई बाघाजतिनको एक निजी अस्पतालमा भर्ती गराइएको थियो। कोरोना जाँच गर्दा उनी कोरोना पोजिटिभ पाइएका थिए। लगातार उपचार चलिरहेको थियो तर बुधवार उनले अन्तिम सास लिए। बिहीवार अस्पतालको तर्फबाट जारी मृत्यु प्रमाण पत्रमा मृत्युको कारण कोरोनाको उल्लेख गरिएको छ।

उल्लेख्य, पूरा देशमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। गत २४ घण्टामा १० हजार १४८ जना यसको चपेटमा परेका छन्। यद्यपि, पश्चिम बंगाल स्वास्थ्य विभागको तर्फबाट नियमित बुलेटिन जारी नभएको कारण यहाँ कति जना संक्रमित छन् अथवा कतिको मृत्यु भईरहेको यसबारे थाहा लागिरहेको छैन। जुन वृद्धको मृत्यु भएको छ, उनका परिजनरूले मीडिया सामू उनको मृत्यु कोरोनाको कारण भएको हो भनी खुलासा गरेपछि मात्र पत्तो लाग्न सकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement