राजगञ्ज : तस्करी गर्न अगावै विलुप्त प्रजातिको पेन्गोलिन सहित २ जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू दार्जिलिङ निवासी नन्दु मुखिया र अमृत प्रधान सामेल छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ बेलाकोवा रेञ्जका वनकर्मीहरूले सिलगढीको जलपाईमोडबाट एउटाजिउँदो पेन्गोलिन सहित २ जना तस्करलाई पक्राउ गरेको बताइएको छ।

वन विभाग सूत्रले दिएको जानकारी अनुसार उक्त पेन्गोलिन सिलगढी हुँदै नेपाल तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।

पक्रा परेका २ जना व्यक्तिलाई भोलि शुक्रबार जलपाईगढी अदालतमा पेश गरिनेछ।








