छात्रा मुस्कान चौधरीले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था-को अन्तरिक्ष विज्ञानसँग सम्बन्धित विशेष प्रशिक्षण शिविरमा सहभागी हुने अवसर

9000

अलिपुरद्वार: जटेश्वरको मर्निङ स्टार मोडल स्कुलको दसौँ श्रेणीका छात्रा मुस्कान चौधरीले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरो-को अन्तरिक्ष विज्ञानसँग सम्बन्धित विशेष प्रशिक्षण शिविरमा सहभागी हुने अवसर पाएकी छन्‌। तिनी वीरपाडा निवासी हुन्‌। प्राप्त जानकारी अनुसार भोलि १४ मईको दिन मुस्कान इसरो-को सेन्टरमा पुग्नेछिन्‌ भने आगामी २७ मईसम्म तिनले श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रमा प्रशिक्षण लिनेछिन्‌। तिनको उक्त सफलतामा स्कुलका शिक्षक-शिक्षिकाहरू लगायत स्कुल कर्तृपक्ष खुसी छन्‌। मुस्कानले बताएअनुसार सानैदेखि स्पेस मन पर्थ्यो। भविष्यमा अन्तरिक्ष वैज्ञानिक बन्ने मेरो लक्ष्य रहेको छ। मेरो उक्त सपनाको पछि लागि पर्नमा स्कुलका विज्ञान शिक्षक राजदीप शीलले सधैँ मलाई प्रेरित गर्थे। शिविरमा सामेल हुनको लागि अनलाइन परीक्षा दिनुपरेको थियो। मुस्कानका बुबा ओमप्रकाश चौधरीले बताएअनुसार छोरीको सपना पुरा गर्न सक्दो प्रयास गर्नेछु। मुस्कानको सफलतामा जटेश्वरका स्थानीयवासी पनि खुसी छन्‌।

About Author

Advertisement