केन्द्रीय गृह राज्यमन्त्रीको उपस्थितिमा सिलगढीमा रोजगार मेलाको उद्घाटन

1df10c2b-96ea-4b75-b827-5e58034ce326

सिलगढी: केन्द्रीय गृह राज्यमन्त्रीको उपस्थितिमा सिलगढीमा रोजगार मेलाको उद्घाटन गरियो। देशभरका करिब ७१ हजार रोजगार विहीनहरूलाई नियुक्ति पत्र प्रदान गरिएको छ। त्यसमध्ये सिलगढीको कटिहार मण्डलबाट २२५ जनालाई रोजगारको नियुक्ति पत्र प्रदान गरियो। थप ३१ जनालाई केन्द्रीय सरकारका विभिन्न विभागहरूमा नियुक्ति पत्र दिइयो। बिहीबार सिलगढीको नयाँ जलपाइगढी स्टेशनको क्षेत्रीय कार्यालय छेउमा रहेको काश्मीर कोलोनी क्षेत्रमा एक कार्यक्रम मार्फत रोजगार मेलाको उद्घाटन गरिएको हो। यसदिन मेलाको उद्घाटन केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रमानिकले गरे। यस अवसरमा सिलगढीका विधायक शंकर घोष, डाबग्राम फुलबारीका विधायक शिखा चेटर्जी र जलपाइगढीका सांसद डा जयन्त रायसहित वरिष्ठ रेल अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement