ब्राउन सुगर सहित एक पक्राउ

IMG-20230324-WA0001.jpg

गान्तोक: गेजिङ पुलिसले ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी लोवर सर्दुङ निवासी सुशिल सुब्बाकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी सुब्बाबाट पुलिसले ७.८२ ग्राम्स ब्राउन सुगर फेला पारेको छ। घटना क्रम अनुसार पुलिसलाई विश्वासनीय सुत्रले आरोपी जोरथाङदेखि गेजिङतर्फ एसके-०२-०८०७ वाहनमा ड्र्गस लिएर गइऱहेको सूचना दिएको थियो।पुलिसले यस घटनाको सूचना पाउनसाथ गेजिङस्थित सात माइलमा आरोपीको वाहन रोकेर जाँच गर्ने क्रममा १८ पाउच अर्थात ७.८२ ग्राम्स ब्राउन सुगर र नगद १६ हजार ५ सय रुपियाँ फेला पारेपछि आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ साथै सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement