पार्थो शक्ति पटवरीले गरे वित्तीय साक्षरता केन्द्रहरूको भ्रमण

Untitled-1-copy-47

नाम्चीः पाक्योङ जिल्लाको रिनाक खण्ड प्रशासन केन्द्रमा सिक्किम वित्तीय साक्षरता केन्द्रहरूको भ्रमणमा रहेका क्रिसिल फाउन्डेसनका क्षेत्रीय प्रबन्धक पार्थो शक्ति पटवरी अनि दुलन बोरूवालाई रिनोक ब्लक डेभलपमेन्ट सोसाइटी, एसआरएलएम रिनाक अनि रिनाक सीएफएल परिवारले भव्य स्वागत जनाए। सिक्किम भ्रमणमा आएका दुलन बोरूवाले बोल्दै बचतको आवश्यकता किन छ भन्दै हामीले हाम्रो आय हेरेर खर्च गर्नुपर्ने कुरामा जोड़ दिए। हामीले गर्नु पर्ने आवश्यक र अनावश्यक खर्चलाई छुट्याउनुपर्ने उनले सुझाउ दिए। मुख्य अतिथिका रूपमा रहेकी जिल्ला पञ्चायत सदस्य बबिता गदाइलीले वित्तीय साक्षरता केन्द्र रिनाकले गरेको काम र कार्यक्रमहरूको मुग्धकण्ठले प्रशंसा गरिन्। उनले घरमा आमाहरू नै प्रायः वित्तीय रूपमा साक्षर हुन्छन् भन्दै नारीहरूमा बचत गर्न सक्ने क्षमता र शक्ति रहेको बताइन्।

रिनाक सीएफएलकी केन्द्र प्रबन्धक प्रमिला शर्माले केन्द्र खोलिनुको उद्देश्य र लक्ष्य साथै अहिलेसम्म के-कस्ता कार्यक्रमहरू गरिए त्यस बारेमा जानकारी गराइन्। यस कार्यक्रम अतिरिक्त वित्तीय साक्षरता केन्द्र रिनाकको पनि भ्रमण गरेर त्यहाँका कर्मचारी अनि केन्द्रले के-कस्ता कार्यक्रम र उपलब्धिहरू गर्दैछन्, ती बारे पनि जानकारी लिए। आजको यस कार्यक्रममा पञ्चायत सदस्यहरू, रिनाक ब्लक डेभलपमेन्ट सोसाइटीका कार्यकारिणी सदस्यहरू आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement