युक्रेनको हवाई हमलामा पुटिनको निजी सेना ध्वस्त!  

प्रतीकात्मक तस्वीर

कीभ: युक्रेनले रुसी भाडाका लडाकुहरू विरुद्ध गरेको ठूलो हवाई हमलामा सयौं लडाकुको मृत्यु भएको छ। लुहान्स्कका गभर्नरले युक्रेनी सेनाले सन् २०१४ देखि रुसी नियन्त्रित शहरमा रहेको कुख्यात वाग्नर समूहको बेसलाई ध्वस्त पारेको बताए। क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्ही हैदाईले लुहान्स्कको कादिभकाको स्टेडियममा रहेको वाग्नर समूहको बेसमा आक्रमण गरिएको बताए। यस आक्रमणमा सयौं लडाकुको मृत्यु भएको छ भने ठूलो संख्यामा घाइते भएको बताइएको छ। वाग्नर समूहलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निजी सेना पनि भनिन्छ।

युक्रेनीसमाचार आउटलेट होरोमाडस्कले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै आक्रमणमा २२ जनाको मृत्यु भएको र चार जना घाइते भएको बताएको छ। उही समयमा, युक्रेनी सरकारी स्रोतहरूले मृतकको संख्या ३०० भन्दा बढी भएको दाबी गरेका छन्। ट्वीटरमा शेयर गरिएका तस्विरमा आक्रमणको शिकार भएको रंगशाला भग्नावशेष जस्तै देखिन्छ। २८ मार्चमा इंग्ल्याण्डका रक्षा मन्त्रालयले युक्रेनमा रुसलाई सहयोग गर्न वाग्नर समूह संलग्न रहेको बताएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement