सोनादाको तामसिङ भेल्लीमा निस्केको किङ कोब्रा स्थानीयद्वारा पक्रेर फरेस्टलाई लगाइयो जिम्मा

IMG-20230412-WA0273.jpg

सोनादा: सोनादादेखि तीन किलोमीटर मुनि रहेको तामसिङ भेल्लीमा हिज देखा परेको किङ कोब्रा आज पनि देखा परेको थियो। हिज गाउँमा देखा परेको किङ कोब्रालाई कसैले पक्रन सकेको थिएन। तर अन्त्यमा आज भने उक्त किङ कोब्रालाई पक्रन सफल भएको छ। उक्त किङ कोब्रालाई स्थानीय गाउँका एक वृध्द सन्तेकुमार थापाले पक्रन सफल भएको छ। उनले आफ्नो ज्यानलाई हातमा राखेर उक्त किङ कोपरालाई सफलतापूर्वक पक्रन सफल बनेको छ।

उक्त किङ कोब्रालाई पक्रेर जोरबंगलो फरेस्ट विभागलाई सोनादा पुलिस आउट पोष्टको पुलिस अधिकारीहरूको उपस्थितिमा हस्तान्तरण गरेका छन्। उल्लेखनीय छ – हिज निस्केको उक्त किङ कोब्रालाई फरेस्ट र स्थानीयहरूले धेरै प्रयास गरे पनि पक्रन सकेको थिएन। तर आज भने उक्त क्षेत्रमा नै देखा परेको किङ कोब्रालाई सन्तेकुमार थापाले पक्रन सफल भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement