दार्जीलिङ: गोर्खालाई अनुप्रवेशकारी भन्दा चुप लागेर बस्ने अनि विरोध गर्नेहरू विरूद्व पुलिसमा प्राथमिकी दर्ता गर्ने यो कस्तो मानसिकता हो भन्दै हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले प्रश्न तेर्साएका छन्। गत सोमबार जीटीए सभाको सभा डाकिएको थियो। उक्त सभामा गत केही महिना अघि बंगाल विधान सभामा राज्यको एक जिम्मेवार मंत्रीले नेपाली भाषीहरूलाई अनुप्रवेशकारी अनि आदिवासीहरूलाई विदेशी बताएका थिए भनी बताउँदै हामी ९ जना विपक्षीका सभासदहरूले मंत्रीको उक्त बयानको विरोधमा जीटीए सभाको सभामा एक प्रस्ताव पारित गरेर राज्य सरकार समक्ष पठाउनु पर्ने मांग गरेका थियौं तर जीटीए सभाको अध्यक्ष अन्जुल चौहानले मंत्रीको उक्त बयानलाई उसको ब्यक्तिगत बयान रहेको बताउँदै हाम्रो मांगलाई अस्वीकार गरेका थिए भन्दै मैले सभा अध्यक्ष चौहान समक्ष मंत्रीको बयानले गोर्खा जातिमाथि आघात पुगेको छ। कमसेकम जातिको पक्षमा विरोध प्रस्ताव पारित गर्नुपर्छ भन्ने हात जोडेर बिन्ती समेत गरे तर उनीहरूले जातिको पीडा समेतलाई वास्ता गरेनन् भनी हाम्रो पार्टी अध्यक्ष एंव सभासद एडवर्डले बताएका छन्। उनले भने, सभासद विनय तामाङ दाजुले पनि यस विषयमाथि जीटीए सभा अध्यक्ष समक्ष बिन्ती विछाए तर विपक्षी सभासदहरूको मांगलाई कुनै महत्व नदिन्दा हामीले सभालाई वाक आउट गरेर बाहिर निस्केको हो। हामीले सभागृहबाट वाक आउट गरेर बाहिर निस्केपछि जीटीए सभाको डेपूीटी चेयरम्यान राजेस चौहैनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा विपक्षीहरूले प्रस्ताव राख्न बित्तिकै उनीहरू वाक आउट गरेर बाहिर निस्किए भन्ने जस्ता झूठो बयान दिए।’
जीटीए सभाको सभामा एकजना क्यामाराम्यान राखेका थिए अनि उनले सबै घटनाहरूको रिकर्ड गर्दै थिए अनि गरेका छन्। हामी विपक्षीहरूले बोलेको झूठो हो की डेपुटी चेयरम्यान चौहानको बयान झूठो हो त्यो रिकार्ड गरिएको फुटेजहरू सार्वजनिक गरिए सत्य के हो त्यो खुलासा भईहाल्छ भनी सभासद एडवर्डले बताएका छन्। उनले अघि भने, ‘एक राज्यको एक जिम्मेवार मंत्रीले विधानसभा जस्तो स्थानमा नेपाली भाषीहरूलाई अनुप्रवेशकारी भन्दा जीटीए सभाको सभाले यस विरूद्व एउटा विरोध प्रस्ताव समेत पारित गर्नु नसक्नु भनेको यसले स्पष्ट हुन्छ जीटीएको सत्ता पक्ष बंगालको कठपुतली हो अनि उनीहरू गोर्खा हो कि होइन भन्ने संदेह उत्पन्न हुन्छ। जीटीए सभामा हामीले मंत्रीको बयान विरूद्व विरोध प्रस्ताव ल्याउने मांग गर्दा सत्ता पक्षको सभासदहरू चुपचाप बसेका थिए। गोर्खा जातिलाई नेपालको भन्दा चुप लागेर बस्ने चाहिं मैले यिनीहरूलाई नै देखें।’
उनले अझ भने, ‘सभामा हामीले पर्जा पटटाको विषयमाथि एक सर्वदलीय कमिटि गठन गरेर जनताले कस्तो प्रकारको पर्जा पट्टाको चाहना राखेको छ,त्यसबारे जानकारी बटुलेर जीटीएको पक्षबाट काम गर्नुपर्छ भन्ने मांग पनि गरेका थियौं तर यसबारे पनि उनीहरूले आपत्ति जनाउँदै बंगाल सरकारप्रति आभार जनाउन रत्तिभर चुकेनन्। पहाडको यस्तै नेतृत्वहरूको कारणले गर्दा आज फैजल अहम्मद जस्तो बगमफुसे नेताले हाम्रै ठाउँमा आएर गोर्खाल्याण्डको विरोध गर्दैछ यो भन्दा ठूलो गोर्खा जातिको निम्ति दुर्भाग्य शायद अरू केही हुन सक्दैन। गोर्खा भएपछि गोर्खा जस्तो भएन बाँच्न सक्नुपर्छ तर यहाँ ९ जना सभासदबाहेक बाँकी रहेका सभासदहरू बंगालको कठपुतली भएर बसेको छ। हामीले पुलिससंग लडाई गरेर भनेर भनेका छैनौं। कमसेकम भारतीय गोर्खा जाति एंव नेपाली भाषीहरूलाई अनुप्रवेशकारी भन्दैछ भने विरोध गर्न सक्नुपर्छ तर बंगालको कठपुतलीहरू यति गर्नदेखि डराउँदैछ।’
उनले अझ भने, ‘जीटीए सभाको सभामा सभासद सतिश पोख्ररेलले हामीलाई गाउँ, बस्ती, चिया बगान, सिन्कोना बगान आदि क्षेत्रहरूमा बाटो बनाउने सार्वजनिक कार्यहरू नगर्ने निर्देश जारी गरयो जस्तो दुर्भाग्य शायद अरू केही हुन सक्दैन। हामीले आफ्नो रहरले बाटो खन्ने काम गरेका होइनौं। स्थानीय बासिन्दाहरूले भोग्न परी रहेको समस्याहरूदेखि निजात पाउनलाई हामीसंग अपिल गर्दा हामीले जेसीपी दिएका हौं अनि यस्तो कार्य हामीले विगत धेरै साल अघिदेखि गर्दै आईरहेका छौं। उनीहरूले जीटीएको माध्यमद्वारा गाउँ घरको समस्याहरू समाधान गरी दिए हामीलाई यो गर्न जरूरत नै पर्दैन।’









