कालचिनीः डुवर्सको बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका ऐतिहासिक बक्सा जङ्गल जैव विविधताले भरीएको संरक्षित जङ्गल हो।बक्सा जङ्गलमा एसियाली हात्तीसितै केही रोयल बेङ्गल टाइगर पनि रहेको बन विभागले दाबी गर्दै आइरहेको छ भने रोयल बेङ्गल टाइगरको अस्तित्व बक्सा जङ्गलमा रहेको बारेमा धेरै प्रश्नहरू तेर्सिन्दै आइरहेको बेला बक्सा जङ्गलमा जङ्गली कुकुर अर्थात ढोलको पनि अस्तित्वमाथि धेरैले प्रश्न चिन्ह लगाउँदै आईरहेको छ।
यस क्रममा बक्सा ब्याघ्र प्रकल्पका अधिकारीहरूले हालै जङ्गलमा लगाईएको क्यामेरा ट्र्यापमा कैद जङ्गली कुकुर वाइल्ड डगको तस्वीर मीडिया कर्मीहरू समक्ष सार्वजनिक गरेका छन्। बक्सा ब्याघ्र प्रकल्पका अधिकारीहरूले बताए अनुसार बक्सा जङ्गल जैव विविधता अनि वन्यजीवको विविधताले भरीएको जङ्गल रहेको र यहाँ धेरै वन्यजीवको अस्तित्वमध्ये जंगली कुकुर अर्थात वाइल्ड डगको भरमार रहेको र यिनीहरू जङ्गलभित्रको वन्य संसारमा वितरण गर्दै आईरहेको बताएका छन्।
हालै ३०० भन्दा अधिक थोप्ले मृगहरू छोड़िएको र यसले यी शिकारी वन्यजीव जस्तै कुकुर, चितुवा, रोयल बेङ्गल टाइगरको निम्ति सहज शिकार उपलब्ध भएको पनि बन विभागले जनाएका छन्। बक्सा ब्याघ्र प्रकल्पका अधिकारी सुत्रले बक्सा जङ्गलभित्र क्यामेरामा कैद भएका रोयल बेङ्गल टाइगरको पनि तस्वीर साझा गरेको थियो भने हालै जङ्गली कुकुर अर्थात वाइल्ड डगको पनि तस्वीर साझा गरीएको जनाएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




