खरसाङको कटलेरी रोडकाे मरमत्ति कार्य शुरु

IMG-20230412-WA0181.jpg

क्षेत्रवासीद्वारा जीटीए चिफ् अनित थापा र क्षेत्रीय सभासद श्याम शेर्पाप्रति जनाए आभार

खरसाङ: खरसाङ देवराली समष्टि अन्तर्गत पर्ने कटलेरी रोडकाे मरमत्ति कार्य पूजा पाठ गरेर थाल्नी गरिएको छ। कटलेरी रोड अथवा फादर वेरी रोडकाे बिग्रेको अवस्थाले जनसाधारणलाई धेरै नै असुविधा भईरहेको थियो। खरसाङको वार्ड नम्बर २, ३ र ४ का जनसाधारणकाे लागि साथै सन्त अल्फन्सेस प्राईमेरी स्कूल, सन्त जोसेफ प्राईमेरी स्कूल, ज्ञानेश्वर स्कूल, कटलेरी बस्ती, टेकवीर बस्ती तथा अन्य क्षेत्रकाे लागि जीवन रेखा नै मानिने रोडकाे बेहाल अवस्था देखेर समय समयमा गाउँलेहरुले चन्दा उठाएर कहिले गाडीहरुबाट सहयोग माग्दै त कहिले सभासदकाे सहयोगमा सानो सानो मरमत्ति गर्दै चलाईरहेको थियो। उक्त क्षेत्रकाे समस्या देखेर क्षेत्रीय सभासद श्याम शेर्पाको विशेष पहलमा साथै जीचीए चिफ् अनित थापाकाे पहलमा खरसाङ ईञ्जिनियरिङ डिभिजनबाट कार्य शुरु गरिएको छ। यो रोड मरमत्ति साथै म्यास्टिक लगाउने कार्य गुणस्तरकाे बाटो हुनेछ भनी स्थानीयहरू विश्वस्त छन्।

यसबारेमा क्षेत्रीय सभासद श्याम शेर्पाले जानकारी गराए कि विगत धेरै वर्षदेखि कटलेरी रोडकाे अवस्था एकदमै सोचनीय थियो। कहिले काही सबै मिलेर सानो तिनो मरमत्ति कार्य गरिरहेकाे थियो। मैले पनि व्यक्तिगत रुपमा दुईपटक समान झारिदिएकाे हाे। तर यस्तो सानोतिनो मरमत्ति कार्य पर्याप्त थिएन। यसको लागि विभागमा पहल शुरु गरियो र जीटीए चिफ् अनित थापाले जनताको समस्या बुझेर कार्यकाे अनुमोदन गरिदिएको बताएका छन्। यसको लागि उक्त क्षेत्रवासी साथै समष्टिवासीकाे तर्फबाट जीटीए चिफ् अनित थापालाई धन्यवाद दिन चाहान्छु भनी बताएका छन्। यसको साथै क्षेत्रवासीलाई निवेदन गर्दै भने, यो बाटो गुणस्तरकाे बनाउनुकाे लागि सबैले ठेकादारलाई सहयोग गरिदिने कसैले पनि बाधा उत्पन्न नगिदिने अनि कार्य राम्रो नगरे तुरुन्तै हामीलाई जानकारी गराउने साथै कार्य राम्रो नगरेकाे खण्डमा हामीले के गर्नुपर्ने हो हामी कार्य गरेकाे हुन्छौं।’ सभायद श्याम शेर्पाले विशेष चालकहरूलाई केही असुविधा हुन सक्छ यसमा हामी खेद प्रक्ट गर्दै सहयोगकाे आशा राख्दछौं भनी बताएका छन्। कटलेरी रोडको मरमत्ति कार्य बिहान ९:३० बजे पूजापाठ गरेर कार्यकाे थाल्नी गरियो। उक्त पूजापाठमा विशेष रुपमा समष्टि सभासद् श्याम शेर्पा, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष एंवम् जीटीएको पीआरओ सुवास प्रधान, समष्टि सदस्य प्रेम बम्जन, सागर तामाङ महेश राई, आदेश गुरुङ, दिपम थामी, समष्टि शक्ति अध्यक्षा सुष्मा मुखिया, सागंठनिक सचिवा ललिता छेत्री, नारी शक्ति केन्द्रीय समिति उषाकिरण तामाङ , वार्ड नम्बर ४ नारी अध्यक्षा रजनी प्रधान अनि सदस्यहरु, वार्ड नम्बर तीनका नारी सचिव डिम्पल लामा अनि सदस्याहरु, दुई नम्बर वार्डका नारी सदस्याहरु, युवाहरु वरिष्ठ नागरिकहरु उपस्थित थिए।
विशेष नगरपालिका अध्यक्ष ब्रिग्रेन गुरुङ र सभासद श्याम शेर्पाले नरिवल फुटाएर कार्य शुरुआत गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement