१० देखि १६ अप्रेलसम्म विशेष होमियोप्याथी सचेतना शिविर आयोजना

41ca117c-ec07-4259-a522-530d9d6530d2

जलपाइगढी: विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का अनुसार, “होमियोप्याथिक औषधि” विश्वको दोस्रो ठूलो चिकित्सा प्रणाली हो।
जिल्ला स्वास्थ्य तथा परिवार कल्याण विभाग (आयुष मन्त्रालय)ले पश्चिम बङ्गाल सरकारको आयोजनामा अप्रिल १० देखि १६ सम्म विशेष होमियोप्याथी सचेतना शिविर आयोजना गरेको छ। यसलाई चिकित्सकीयरूपमा वैज्ञानिक मानिन्छ, कुनै साइड इफेक्ट छैन, सरल उपचार, र सजिलै उपलब्ध छ, सबै उमेर समूहका लागि उपयुक्त हुन्छ। त्यसैले होमियोप्याथिक चिकित्सा पद्धतिलाई आम जनतामाझ फैलाउन सचेतना शिविरको आयोजना गरिएको हो। शिविरमा जिल्लाका विभिन्न स्थानका होमियोप्याथी चिकित्सकहरूको सहभागिता रहेको र आज पनि होमियोप्याथी उपचार पद्धतिलाई अगाडि बढाउन के गर्न सकिन्छ भन्ने बारेमा समीक्षा गरिएको छ।
यही अप्रेल १० देखि सुरु भई १६ अप्रेलसम्म चल्ने यो जनचेतना शिविरमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम आयोजना गरिने जनाइएको छ। होमियोप्याथिक उपचारको फाइदा आमजनतामा पुर्‍याउन प्रभातफेरी आयोजना गरिएको थियो। यस अवसरमा जिल्ला प्रमुख स्वास्थ्य अधिकारी डा असिम हलदार, उपप्रमुख स्वास्थ्य अधिकारी-१ डा. त्रिदीप दास, जिल्ला आयुष अधिकारी डा कल्याणकुमार मुखोपाध्याय सहित जलपाइगढी सरकारी मेडिकल कलेज तथा अस्पतालका प्रिन्सिपल डा. डीन, जलपाइगढी सरकारी मेडिकल कलेज एवं अस्पतालका अन्य प्रतिनिधिहरू उपस्थित थिए। सबैले आफ्नो दैनिक जीवनमा प्रयोग हुने होमियोप्याथिक उपचार र परिणाममा विश्वास व्यक्त गरे। उल्लेख्य छ, नगरको दंगापाडामा रहेको होमियोप्याथी मेडिकल कलेजका लागि सरकारले पहिचान र निरीक्षण गरेको जग्गा लामो समयदेखि अलपत्र अवस्थामा परेको भन्दै जिल्लाका सर्वसाधारणमा चर्को आक्रोश छ। यद्यपि, यदि यो कलेजको योजना लागू भयो भने यो उत्तर बंगालको पहिलो होमियोप्याथी मेडिकल कलेज हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement