महिला एवं वाल विकास विभागद्वारा अभिमुखी कार्यक्रम आयोजित

IMG-20230411-WA0260.jpg

गान्तोक: महिला एवं वाल विकास विभाग अन्तर्गत रहेको विभिन्न योजनाबारे जानकारी गराउने उद्देश्यले आज पाकिम जिल्लास्थित जिल्लापाल टाशी छोपेलको कार्यालयमा एक अभिमुखी कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य महिला एवम वाल विकास विभाग अन्तर्गत रहेको विभिन्न योजनाहरूबारे आम मानिसहरूलाई सचेत गराउनु रहेको थियो। बैठकमा विभागका अधिकारीहरूले विभिन्न योजनाहरू रहेको र यसको मुख्य लक्ष्य र उद्देश्यहरूबारे छलफल गरियो, जसले किशोर किशोरीहरूका लागि योजनाहरू पोषण अभियान, राष्ट्रिय सामाजिक सहायता कार्यक्रम राष्ट्रीय परिवार लाभ योजना लगायतका विभिन्न विषय र योजनाहरूलाई समेटेको थियो। यस योजना अन्तर्गत बेटी बचाओ बेटी पढाओ, महिला सशक्तिकरण लगायय अन्य योजनाहरूबारे पनि छलफल गरिएको जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement