राज्यसभा सांसदले लिए कवी रोङपा ग्राम पञ्चायतलाई काख

IMG-20230411-WA0256.jpg

गान्तोक: सांसद आदर्श ग्राम योजना अन्तर्गत कवी रोङपामाको निम्ति एन्ट्री पोइन्ट सभा कवीस्थित खण्ड प्रशासनिक केन्द्रमा आयोजना गरियो। यस सभाको अध्यक्षता राज्यसभा अध्यक्ष हिस्से लाचुङपाले गरेका थिए भने मुख्य अतिथिकोरूपमा जिल्ला अध्यक्ष कादो लेप्चा उपस्थित रहेका थिए। सांसद, हिस्से लचुङ्पाले दीप प्रज्वलन गरेपछि सांसद आदर्श ग्राम योजना अन्तर्गत कवि रोङ्पा ग्राम पञ्चायत एकाइलाई काख लिएको घोषणा गरे।

सभालाई सम्बोधन गर्दै लाचुङपाले विभागका अधिकारीहरूलाई सागी अनुकूलनका लागि खण्ड विकास अधिकारीहरूसँग समवन्य समन्वय राखेर काम गर्नुपर्ने आग्रह गरे। यस अवसरमा युवाहरूसँग अन्तक्रिया गर्दै सांसद लाचुङपाले युवाहरूलाई आत्मनिर्भर बन्नको निम्ति जैविक खेती साथै पर्यटन क्षेत्रलाई बढावा दिनु पर्ने सुझाउ दिए। यसरी नै उनले आफ्नो नयाँ विचारबारे जानकारी गराउँदै टाशी भ्यु पोइन्टदेखि तिङजिम जिरोसम्म बसोबासो गर्नेहरूले पर्यटन क्षेत्रलाई आकर्षित तुल्याउनु पर्ने आग्रह गरे। आजको यस कार्यक्रममा ग्रामीण विकास विभाग अन्तर्गत सांसद आदर्श ग्राम योजना अन्तर्गत काख लिएको गाउँमा विभिन्न क्षेत्रमा भएको विकासबारे उपनिर्देशकले विस्तृतरूपमा अवगत गराए। मंगन जिल्लामा अहिलेसम्म सञ्चालन भइरहेको एसजीएवाईको रिपोर्ट प्रस्तुत गरे। यस अवसरम खण्ड विकास अधिकारीले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement