उत्तर दिनाजपुरः टिस्टा नदीबाट एक व्यक्तिको शव भेटिएपछि निकै होहल्ला मचेको छ। घटना मंगलवार चोपड़ा थानाको हापियागाछ ग्राम पञ्चायत क्षेत्रको हो। पुलिस सूत्रहरू अनुसार, मृतकको नाम मोहम्मद मोजीबुल हो।
उनी फॉंसीदेवा थाना अन्तर्गत सुदामगछ क्षेत्र निवासी थिए। आउ दिउॅंसो स्थानीय मानिसहरूले टिस्टामा शेव देखेपछि यसको सूचना पुलिसलाई दिए। पुलिसले घटना स्थलबाट शव उद्धार गरि पोस्टमार्टमको निम्ति पठायो। पछि, मृतकका परिवारहरूले चोपडा थाना क्षेत्र पुगेर शवको पहिचान गरे। पारिवारिक सूत्रहरू अनुसार, मोहम्मद मोजीबुल सोमवार बिहानदेखि हराएका थिए।