विभिन्न विषयको उठान गर्दै सिक्किम रिपब्लिकन पार्टीले चढायो राज्यपाललाई ज्ञापन

Untitled-1-copy-39

गान्तोकः वित्त विधेयक २०२३ लगायत अन्य विभिन्न मुद्दाहरूलाई लिएर सिक्किम रिपब्लिकन पार्टीले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई एउटा ज्ञापन चढाएको छ। मङ्गलबार रिपब्लिकन पार्टीले चढाएको ज्ञापनमा स्थानीय मानिसहरूको भावना र सुरक्षालाई ध्यानमा राख्दै वित्त विधेयकले समावेश गरे नयाँ दुई खण्डलाई विरोध गरिएको पनि पार्टीले बताएको छ। वित्त विधेयकले धारा ३७१ एफ का प्रावधान अनुरुप राज्यले पाएको सुरक्षा खण्डित भएको तथा सिक्किमे परिभाषा समाप्त भएको उल्लेख गर्दै राज्यपालको ध्यानाकार्षण पनि गराएको छ। सिक्किम रिपब्लिकन पार्टीले राज्यपाललाई ८ अप्रेलमा भएको सिङ्तामको घटनाले अभिव्यक्तिको स्वतन्त्रता र मौलिक अधिकारलाई हनन गरेको गरेको बताएको। जोइन्ट एक्सन काउन्सिलको शान्ति ऱ्यालीमा भएको हमलालाई पार्टीले निन्दा पनि गरपेको छ।

यस बाहेक सिक्किम विधानसभामा नेपाली समुदायको सीट पुनर्बहाली र लिम्बू-तामाङको सीट आरक्षण नभएको जानकारी गराउँदै राज्यपालको हस्तक्षेप भएमात्र यी कार्य सम्भव हुने बताउँदै यसमाथि काम गरिदिन आग्रह गरेको छ। सिक्किमको शान्ति व्यवस्था भङ्ग भएकाले यसलाई व्यवस्थित गराउन राज्यपालले धारा ३७१एफ को उपधारा जी अन्तर्गत विशेषाधिकार प्रयोग गर्नुपर्ने पनि रिपब्लिकन पार्टीको माग गरेको छ। राज्यपालसँगको भेटपछि पत्रकार सम्मेलन आयोजन गरेर सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले पार्टीले राखेका मुद्दामा राज्यपालबाट सकारात्मक आश्वासन पाएको बताए। उनले सिङ्ताममा भएको घटनामा पुलिस प्रशासनले स्वतन्त्र रूपमा कमा नगरेको बताएका छन्। अर्कोतिर हिजो विधानसभामा पारित गरेको सरकारको प्रस्तावले ज्याक र अन्य राजनैतिक दलले उठाएका मुद्दा सही थिए भन्ने प्रमाणित गरेको बताए। वित्त विधेयकले ल्याएको समस्या समाधान गर्न फुटेर होइन जुटेर काम गर्नुपर्ने केबी राईले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement