सिलगढी-जलपाइगढी विकास निगमद्वारा करिब ५ करोड रुपियाँको विभिन्न परियोजनाको उद्घाटन

c5ab9d4c-7727-474c-8038-6d5f2fb8db0e


जलपाइगढी: सिलगढी-जलपाइगढी विकास निगमका अध्यक्ष सौरभ चक्रवर्तीले करिब ५ करोड रुपियाँको विभिन्न परियोजनाहरूको उद्घाटन गरेका छन्। उनले मंगलबार जलपाइगढी सदर ब्लकको कालियागञ्ज क्षेत्र सहित विभिन्न स्थानमा यी परियोजनाहरूको उद्घाटन गरे। यसमा जलपाइगढी सहरमा नालीको व्यवस्था ,भवनको व्यवस्था र अन्य ५ सडकको निर्माणकार्य अदि समावेश छन्। यस अवसरमा एसजेडी पदाधिकारी र स्थानीय पञ्चायत सहित धेरै गण्यमान्य व्यक्तिहरू उपस्थित थिए। कर्पोरेशनका अध्यक्ष सौरभ चक्रवर्तीले उद्घाटन सम्बोधनमा भने, “अलिपुरद्वार मेरो जन्मस्थल भए पनि जलपाइगढी मेरो कर्मस्थल हो, मैले यहाँबाट धेरै कुरा सिकेको छु।”

About Author

Advertisement