जलपाइगढी: सिलगढी-जलपाइगढी विकास निगमका अध्यक्ष सौरभ चक्रवर्तीले करिब ५ करोड रुपियाँको विभिन्न परियोजनाहरूको उद्घाटन गरेका छन्। उनले मंगलबार जलपाइगढी सदर ब्लकको कालियागञ्ज क्षेत्र सहित विभिन्न स्थानमा यी परियोजनाहरूको उद्घाटन गरे। यसमा जलपाइगढी सहरमा नालीको व्यवस्था ,भवनको व्यवस्था र अन्य ५ सडकको निर्माणकार्य अदि समावेश छन्। यस अवसरमा एसजेडी पदाधिकारी र स्थानीय पञ्चायत सहित धेरै गण्यमान्य व्यक्तिहरू उपस्थित थिए। कर्पोरेशनका अध्यक्ष सौरभ चक्रवर्तीले उद्घाटन सम्बोधनमा भने, “अलिपुरद्वार मेरो जन्मस्थल भए पनि जलपाइगढी मेरो कर्मस्थल हो, मैले यहाँबाट धेरै कुरा सिकेको छु।”










