कुचबिहारः लामो समयदेखि स्थगित बलरामपुरबाट कुचबिहार वाया दीवानहाट सरकारी बस सेवा मंगलवारदेखि एकपल्ट फेरि शुरू भएको छ। आज उत्तर बंगाल राष्ट्रिय परिवहन निगमका चेयरम्यान पार्थप्रतिम रायले बलरामपुर बटतलाबाट यस बसको विधिवत शुभारम्भ गरे।
उत्तर बंगाल राष्ट्रिय परिवहन निगमका चेयरम्यान पार्थ प्रतिम रायले भने, अबदेखि यस रूटमा आजदेखि सरकारी बस सेवा शुरू भएको छ। यस रूटमा दिनमा चार पल्ट बस चल्नेछ। अर्कोतिर, बस सेवा पुनः शुरू हुँदा यस रूटका यात्री धेरै नै खुशी छन्।