कालचिनीः तृणमूल अलिपुरद्वार जिल्ला कमिटी लगायत यसको भातृ संङ्गठन आईएनटीटीयूसी, युवा अनि महिला संगठनको अलिपुरद्वार जिल्ला कमिटीको पुनः एकपल्ट पूर्णाङ्ग कमिटीको सूची बाहिर गर्दै तृणमूल अलिपुरद्वार जिल्ला पार्टी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरे।
मूलतः तृणमूल अलिपुरद्वार जिल्ला कमिटीमा पुनः चेयरम्यानको रुपमा मृदुल गोस्वामी र जिल्ला सभापतिमा प्रकास चीक बडाईकलाई मनोनीत गर्दै यसको २४ जना स्थायी आमन्त्रित सदस्यहरू एवम् ३० जना उपसभापति १६ जना महासचिव ३३ जना सचिव र १९ जना कार्यकारिणी सदस्यहरूको नाम घोषणा गरिएको छ भने यसरी नै आईएनटीटीयूसी जिल्ला सभापतिमा विनोद मिञ्ज महासचिवमा केदार नेवार लगायत जम्मा १४ जना महासचिव, २० जना सचिव र २७ जना कार्यकारिणी सदस्यहरू एवम् तृनमूल युवा कङ्ग्रेसमा जिल्ला सभापतिमा राजकमल भगत लगायत १२ जना उपसभापति, १७ जना महासचिव, एकजना कोषाध्याक्ष, एकजना प्रवक्ता एवम् ८ जना साङ्गागनिक सचिव, २२ जना सचिव, २२ जना कार्यकारिणी सदस्यहरू रहेका छन्।
यसरी नै तृणमूल महिला कङ्ग्रेसका अलिपुरद्वार जिल्ला सभापतिमा दीपिका राय लगायत ६ जना स्थायी आमन्त्रित सदस्यहरू, १७ जना उपसभापति, १४ जना महासचिव, १७ जना सचिव र ६ जना कार्यकारिणी सदस्यहरू रहेका छन्।