कालचिनीः जयगाउँ युथ नामक सामाजिक संगठनको ब्यानरमा सोमबारदेखि भोक हड़ताल शुरु भएको छ। जयगाउँ युथ संस्थाका सचिव योगेश थापाले जयगाउँमा नदीको कटाव मात्र नभएर बर्षाकाल लाग्ने बित्तिकै भोटाङको पहाड़बाट पैह्रो झर्ने एवम् धेरै समस्या उत्पन्न हुने गरेको र यसको स्थायी समाधान कसैले गर्न नसकेकोले जयगाउँलाई नगरपालिका बनाए यसको द्रुत समाधान हुने र यसैको लागि यो अनिश्चितकालीन भोक हड़ताल शुरु गरिएको बताईएको छ। यस अघि विगत २०१६ सालमा मुख्यमन्त्री ममता ब्यानर्जी स्वयम् जयगाउँ आएर जयगाउँलाई नगरपालिका बनाइने आश्वासन दिएर गएकी तर आज ७ बर्ष बित्न लाग्दा पनि जयगाउँ नगरपालिका नभएकोले अब जयगाउँ युथले यसको निम्ति अनिश्चिकालीन भोक हड़ताल शुरु गरेको सचिव योगेश थापाले जनाएका छन्।