द्वारे सरकार क्याम्पले गर्दा खोरीबारी बुन्देश्वरी प्राथमिक विद्यालयमा परीक्षा स्थगित

Screenshot_20230410_213505_Samsung-Internet.jpg

खोरीबारी: द्वारे सरकार क्याम्पले गर्दा स्कुलको परीक्षा स्थगित गरिएको घटना खोरीबारी बुन्देश्वरी प्राथमिक विद्यालयको हो। प्राप्त जानकारी अनुसार खोरीबारीको पानीट्याङ्की बुन्देश्वरी प्राथमिक विद्यालयमा द्वारे सरकार क्याम्पको आयोजना गरिएको थियो। द्वारे सरकार क्याम्पमा आएका धेरैजना मानिसहरूले स्कुलको क्लास रूममा प्रवेश गरेर फारम भर्न थालेपछि स्कुल सञ्चालन गर्न असुविधा भएको थियो। यसको साथै स्कुलको परीक्षा पनि स्थगित गरियो। विद्यालयका प्रधान अध्यापक विधान चन्द्र दासले बताएअनुसार द्वारे सरकार क्याम्पले गर्दा स्कुलमा पढाउन निक्कै असुविधा भइरहेको थियो। यसैले गर्दा परीक्षा स्थगित गरिएको हो। यस सम्बन्धमा रानीगञ्ज पानीशाली ग्राम पञ्चायतका प्रधान सान्तना सिंहले भनिन्, विद्यालयको मैदानमा द्वारे सरकार क्याम्पको आयोजना गरिएको थियो। यदि स्कुलको कक्षाभित्र कोही प्रवेश गर्यो भने त्यसको जाँच गरिनेछ।

About Author

Advertisement