मिरिक: मिरिक महकुमाअन्तर्गत फुवागढी चियाबारी निवासी कथाकार जीनर घतानी कृत पहिलो कथा सङ्ग्रह ‘दृष्टिकोण’को आइतबार (९ अप्रेल) फुवागढी सार्वजनिक भवनमा भव्य समारोहबीच लोकार्पण गरियो। साहित्य सुनौ परिवार मिरिकको आयोजनामा सम्पन्न कार्यक्रमलाई अध्यक्षता साहित्यकार राजबहादुर राईले गरेका थिए भने मुख्य अतिथिको रुपमा जीवन लाबर उपस्थित थिए। कार्यक्रममा दार्जीलिङ खरसाङ, कालेबुङ सिलगढी क्षेत्रका कवि साहित्यकारहरूको सहभागीता रहेको थियो भने सामरोहमा कवि गोष्ठीको पनि आयोजना गरिएको थियो।











