सिक्किम विधानसभामा हङ्गामा, मार्शल लगाएर निकालिए पवन चामलिङ सदन बाहिर

6786878

गान्तोकः आज १० अप्रेलमा बसेको सिक्किम विधानसभाको विशेष सत्रको चर्चाका क्रममा व्यापक हङ्गामा भएपछि एसडीएफ पार्टीका विधायक पवन चामलिङलाई सदनबाट बाहिर निकालियो। सिक्किम राज्यमा आयकर छुट दिने सम्बन्धमा वित्त अधिनियम २०२३ द्वारा आयकर ऐन १९६१ को धारा १० उपधारा २६। मा समावेश गरिएको चौथो र पाँचौं खण्डमाथि स्पष्टीकरण सहितको प्रस्ताव पारित गर्न आज सिक्किम विधानसभाको विशेष सत्र आयोजन गरिएको थियो। सिक्किम सरकारमा विधि तथा संसदीय मामिला विभागका मन्त्री कुङ्गा निमा लेप्चाले राखेको सरकारी प्रस्तावमाथि चर्चापछि सदनका नेता तथा मुख्यमन्त्री पीएस तामाङले जबाफ दिइरहेको समय सदनमा हङ्गामा शुरु भएको थियो। जबाफका क्रममा मुख्यमन्त्रीले राखेका विषय सदनलाई दिगभ्रमित बनाउने विषय रहेको आरोप लगाउँदै एसडीएफ विधायक पवन चामलिङले सदनमा आफ्नो पक्ष राख्न चाहे।

यसबारे विधानसभा अध्यक्षले चामलिङलाई बोल्न पछि समय दिने बताए, तर पोइन्ट अफ अर्डरको माग गर्दै पवन चामलिङ तत्काल बोल्न शुरु गरेका कारण सदनमा हङ्गामा शुरु भएको थियो। यस क्रममा सरकार पक्षबाट मन्त्री सोनाम लामा र कर्मा लोडे भोटियाले लगातार विरोध जनाएपछि बढेको हङ्गामाको क्रममा १० मिनट जति विधानसभाको कारबाही बाधित भएको थियो। एसकेएम र एसडीएफ दुवै पक्षका सदस्यहरू मौखिक रुपमा एका अर्कामा वर्षीएपछि विधानसभा अध्यक्षले सदनलाई स्थगित गरेका थिए। १० मिनटको स्थगनपछि अध्यक्ष अरुण उप्रेतीले विधानसभाको कारबाही शुरु गर्दै मुख्यमन्त्रीलाई उनको पक्ष राख्ने क्रमलाई निरन्तरता दिने समय दिए, तर एसडीएफ विधायक पवन चामलिङ आफ्नो मागमा अडिग रहिरहे।

मुख्यमन्त्री बोल्न शुरु गरेपछि पवन चामलिङले आफ्नो पक्ष राख्न समय नदिइएको भन्दै विधानसभा अध्यक्ष आघि गएर विरोध जनाए भने उनी विरोध जनाउँदै मुख्यमन्त्रीको चौकी नजिक पनि पुगेका थिए। यसपछि सदनमा निकै हंगामा भयो। यस घटनाक्रममा पवन चाम्लिङले विधानसभाको गरिमालाई पालन नगरेको भन्दै विधानसभा अध्यक्षले चामलिङलाई सदनबाट निस्कासन गरे। निस्कासनपछि पनि आफ्नो कुरा राख्न अडिग रहेपछि पवन चामलिङलाई मार्सल लगाएर विधानसभाको कारबाहीबाट बाहिर निकालियो। आजको विधानसभा सत्रमा भएको हङ्गामा समय एसडीएफ विधायक पवन चामलिङ र विधानसभामा एसकेएमका सदस्यहरू माझ निकै भनावैरी भएको थियो। चामलिङको निस्कासनपछि विधानसभाको कारबाही सुचारू भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement