खरसाङ: खरसाङको खेलकूद संस्था खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा क्यारम प्रतियोगिता हुने भएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा बसेको सभामा संघको आयोजनामा इण्डोर खेलहरू पनि आयोजना गरिने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा सबै सदस्यहरूको सुझावमा इण्डोर खेल क्यारम बोर्ड टुर्नामेन्ट आयोजना गरिने निर्णय गरिएको छ। उक्त क्यारम टुर्नामेन्ट आगामी १८ र १९ जूनको दिन आयोजना गरिने भएको छ अनि यस क्यारम टुर्नामेन्टको लागि इच्छुकहरूले आगामी १६ दिनभित्रमा नाम दर्ता गरिसक्नु पर्ने र १७ जूनको दिन फिक्चर बनिने भएको छ।

सभाको उक्त निर्णय अनुसार खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा क्यारम टुर्नामेन्ट आयोजना गरिने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले आजको सभामा निर्णय गरिए अनुसार हामीले खरसाङमा क्यारम टुर्नामेन्ट आयोजना गर्ने भएको जानकारी गराउँदै यसको लागि इच्छुकहरूले आगामी १६ जूनभित्रमा आफ्नो नाम दर्ता गराउनु सक्ने र यसको लागि स्मगलर लागि २०० रुपियाँ र डबलको लागि ५०० रुपियाँ तिरेर नाम दर्ता गर्नु सक्ने बताएका छन्। क्यारम टुर्नामेन्टक लागि १७ जूनको दिन फिक्चर आउट हुने बताउँदै क्यारमपछि इण्डोर खेल अन्तर्गत आगामी दिनमा टेबल टेनिस र ब्याटमिन्टन टुर्नामेन्ट पनि आयोजना गरिने बताएका छन्।