खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट तीनधारे महानदी समष्टिको लागि प्रार्थी रहेका नवराज छेत्रीको पक्षमा आज तीनधारेमा चुनाव कार्यालय उदघाटन गरिएको छ। भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको बाहुलीबाट तीनधारे क्षेत्रको लागि चुनाव कार्यालय उदघाटन गरिएको छ। यस अवसरमा प्रार्थी नवराज छेत्रीले सबैलाई धन्यवाद दिन्दै यसपाली आफुलाई पार्टीले टिकट दिएकोले यो चुनौती रहेको र जनताको लागि कार्य गर्नलाई तयार रहेको बताएका छन्। उनले छोटो सम्बोधन गरेपछि पण्डितद्वारा पूजा अर्चना गरेपछि चुनाव कार्यालय उदघाटन गरेर प्रवेस गरेका छन्। आज तीनधारेमा चुनाव कार्यालय उदघाटन गरिएको विषयमा बोल्दै युवा शक्ति खरसाङ महकुमाको पदाधिकारी अनिल राईले विस्तृत रुपमा जानकारी गराएका छन्।










