कालचिनी: आज उच्च माध्यमिक परीक्षाफल घोषित हुँदा कालचिनी ब्लकको यूनियन एकाडेमी स्कूलका छात्री मौमिता साहाले ४८० अङ्क हासिल गरेर स्कूल मात्र नभएर कालचिनी ब्लक टपर बनेकीमा तिनलाई तृणमूल छात्रा परिषदको पक्षबाट शुभाकामना साथै सम्वर्द्धना प्रदान गरेको जानकारी छात्रा नेता हैदर अली अन्सारीले जनाएका दिएका छन्। यस अवसरमा आज तृणमूल छात्रा परिषदका ब्लक सचिव सायन घोष, तृणमूल युवा नेता शंकर कुजूर, छात्रा नेता मनीष कुजूर एवम् अन्यान्य नेतृत्वहरु र समर्थकहरुको उपस्थिति रहेको थियो।