उच्च माध्यमिक परीक्षाफल अनलाइन आए पनि स्कूलहरुमा २० जूनमा जुनको दिन आइपुग्ने

HS-1

कालचिनी: आज पश्चिम बङ्गाल उच्च माध्यमिक शिक्षा पर्षदद्वारा अनलाइन परीक्षाफल प्रकास भएको छ। यद्यपि यता स्कूलहरुमा सम्पूर्ण उच्च माध्यमिक परीक्षार्थीहरुको परीक्षाफल प्राप्त नभएकोले को कति अङ्कले अब्बल वा टपर बन्यो सो बारेमा भने अन्योलता छाएको छ। तथापि प्राप्त जानकारी अनुसार अलिपुरद्वार जिल्लाको अलिपुरद्वार एक नम्बर ब्लकको शीलबारीहाट उच्च माध्यमिक विद्यालयको छात्रा बर्षा परवीनले ४९३ अङ्क हासिल गरेर राज्यमा छैठौं स्थान पाएकी र म्याकविलियम हाइस्कूलका विद्यार्थी सौहार्द भट्टाचार्यले ४९० अङ्क हासिल गरेर राज्यमा नवौँ स्थान पाएको छ। यता कालचिनी ब्लकको युनियन एकाडेमी स्कूलका छात्रा मौमिता साहाले आर्ट्स स्ट्रीममा ४८० ल्याएकी छन् भने त्यसै स्कूलका साइन्स स्ट्रीमका विद्यार्थी सौम्यदीप दासले ४६९ अङ्क हासिल गरेर स्कूललाई गौरवान्वित तुल्याएको स्कूलका शिक्षकहरुले जनाएका छन्। अर्कोतिर धेरै स्कूलहरुको सठीक परीक्षाफल बारे केही भन्न नसकिएता पनि शङ्कर नेपाली हाइस्कूलका विद्यार्थी प्रमिता प्रधानले ४४७ अङ्क, स्वस्तिका लामाले ४१९ र मुस्कान स्याङ्बोले ४१४ अङ्क हासिल गरेको जान्नमा आएको छ। सठीक परिणाम हेर्न समय लाग्ने र यसको लागि आगामी २० जूनमा मार्क्ससीट आएपछि मात्र थाह पाउने स्कूलका प्रधान शिक्षक सुबान सिंह नौबागले जनाएका छन।

About Author

Advertisement