कोलकाता: दुई वर्षदेखि बन्द रहेको बांग्लादेश र भारतबीच बस सेवा पुनः शुरू भएको छ। शुक्रबार ढाकामा ढाका-कोलकाता-ढाका बस सेवालाई हरिया झण्डा देखाएर प्रस्थान गराइयो। भारत र बांग्लादेशका विभिन्न शहरहरूबीच दुई वर्षअघिसम्म बस र ट्रेन सेवा संचालित हुनेगर्थ्यो। दुई वर्षपहिले कोविडको प्रसार बढ्दा बस र ट्रेन सेवाहरू बन्द गरिएको थियो। गत २९ मईमा दुवै देशबीच ट्रेन सेवा बहाल गरिएको थियो। भारत र बांग्लादेशबीच दुई रेलगाड़ी चल्छ। बन्धन एक्सप्रेस भारतको कोलकाता र बांग्लादेशको खुलनाबीच चल्छ, त्यही मैत्री एक्सप्रेस कोलकाता र ढाकाबीच संचालित हुन्छ। शुक्रबार दुवै देशबीच बस सेवा पनि शुरू भयो। ढाका स्थित भारतीय उच्चायोगले ट्वीट गरी दुवै देशबीच बस सेवाहरू पुनः चालू भएको जानकारी दियो। जानकारी अनुसार, ढाकादेखि कोलकाता र कोलकातादेखि ढाका फर्किने ढाका-कोलकाता-ढाका बस सेवालाई शुक्रबार बिहान ढाकामा हरियो झण्डा देखाएर प्रस्थान गराइयो। शुक्रबार नै अगरतला र अखौरा औं हरिदासपुर र बेनापोलबीच बस सेवाहरू पनि शुरू गरिएको छ। दूतावासको तर्फबाट दाबी गरिएको छ, यी बस सेवाहरूको उददेश्य दुवै देशका नागरिकहरूको निम्ति सस्तो र जनताको सुविधाहरूमाथि केन्द्रित आवागमनलाई प्रोस्ताहन दिनु हो। बांग्लादेश रोड ट्रान्सपोर्ट कोरपोरेशन (बीआरटीसी) का अध्यक्ष ताज़ुल इस्लामले जानकारी गराए, ढाका- कोलकाता- ढाका, ढाका- अगरतला- ढाका, अगरतला- ढाका- कोलकाता- अगरतला र ढाका- खुलना- कोलकाता- ढाका बस सेवाहरू शुक्रबारदेखि शुरू गरिएको छ। पहिलो बस ढाकाको मोतीझीलदेखि शुक्रबार बिहान सात बजी हिड्यो। छिट्टै नै ढाका- सिलहट- शिलाङ- गुवाहाटी- ढाका मार्गमा पनि बस संचालन शुरू गरिनेछ।