मीनाक्षी मुखर्जीद्वारा केन्द्र र राज्य सरकारको आलोचना

23fe9bb9-65a0-49ba-ae4c-3d6be91cc2d9-1

सिलगढीः दार्जिलिङ जिल्ला सीपीआईएम पार्टी कार्यालयको अनिल विश्वास भवनमा सोमबार डीवाईएफआईको एक पत्रकार सम्मेलन आयोजना गरियो। यस पत्रकार सम्मेलनमा डीवाईएफआईकी राज्य अध्यक्ष मीनाक्षी मुखर्जी उपस्थित थिइन्। पत्रकार सम्मेलनमा मीनाक्षीले डिवाईएफआईको आह्वानमा १३ अप्रेलमा राज्यको सत्तारुढ दलका विरुद्ध ठूलो र्‍याली निकाल्ने बताइन्। उत्तरकन्या अभियान मुख्यतया डीवाईएफआईको विद्यार्थी युनियनले चलाउनेछ। यसदिनको बैठकमा डीवाईएफआईकी राज्य अध्यक्ष मीनाक्षी मुखर्जीले केन्द्र सरकार र राज्य सरकारको विभिन्न नीतिहरूको कडा आलोचना गरिन। उनले राज्य र केन्द्र एकअर्काको गलत नीतिप्रति मौन बसेर काँधमा काँध मिलाएर उभिएको बताइन। त्यसैले आगामी १३ अप्रेलमा डीवाईएफआईले राज्य सरकारको भ्रष्टाचार विरुद्ध उत्तरकन्या अभियान सञ्चालन गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement