लातेन शेर्पाले दिए प्रदेश भाजपाबाट राजीनामा

CollageMaker_202341014208998.jpg

गान्तोकः भारतीय जनता पार्टी (भाजपा) सिक्किमका एक सक्रिय कार्यकर्ता लातेन शेर्पाले पार्टीको पद अनि प्राथमिक सदस्यताबाट राजीनामा दिएका छन्। उनी प्रदेश भाजपाको राज्य सचिव र बीजेवाईएम राज्य प्रभारी थिए।

शेर्पाले आज, सोमवार आफ्नो राजीनामा पत्र प्रदेश अध्यक्षलगायत राष्ट्रिय अध्यक्ष, महासचिव र सिक्किम राज्य प्रभारीलाई पनि प्रेषित गरेका छन्। उनले विगत १६ वर्ष भाजपामा रहेर विभिन्न क्षमतामा सेवा पुऱ्याएको तथा २०१९ मा भाजपा उम्मेदवारको रूपमा लोकसभा चुनाउ पनि लड़ेको जानकारी गराएका छन्। उनले पार्टीका सबै नेतृत्वहरूप्रति आभार व्यक्त गरेका छन्। यद्यपि, उनले राजीनामा दिनुको कारण भने स्पष्ट गरेका छैनन्।

About Author

Advertisement