नदीमा नुहाउँदा डुबेको युवकको शव फेला

cbc08867-aecf-4ea3-8cca-04c6eb2ad513

राजगञ्ज: गजलडोबाको परमुण्डा इलाकामा नदीमा नुहाउँदै गर्दा बगाएको एक युवकको शव भेटाइएको छ। जानकारीका अनुसार,आइतवार साथीहरूसँग नुहाउँदै गर्दा उक्त युवकलाई नदीले बगाएको थियो। आज उनको मृत शरीर फेला परेको छ। मृत युवकको नाम ऋत्विक राय हो। उनी फुलबारीको एक नम्बर ग्राम पञ्चायत अन्तर्गत अम्बिकानगर निवासी थिए।
सूत्रका अनुसार ,ऋत्विक टोटो लिएर गएका थिए। तर त्यों टोटो अहिलेसम्म भेटिएको छैन। घटनाबारे सम्पूर्ण जानकारी पुलिसलाई दिइएको छ।
मिलनपल्ली पुलिसले स्थानीयवासिको सहयोगमा आज नदीमा खोजिकार्य गर्दा उक्त युवकको शव फेला पारेको हो। स्थानीयवासीले यो पार्क बन्द गर्ने माग गरेका छन्। किनकी पहिले पनि यो नदीमा धेरैजना डुवेर मरिसकेका छन्। पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement