सिलगढी: डीवाईएफआईकी राज्य सचिव मीनाक्षी मुखर्जीले उत्तरकन्या अभियानलाई सफल बनाउन नक्सलबारीमा बैठक गरेकी छन्। डीवाईएफआई राज्य सचिव मीनाक्षी मुखर्जीले १३ अप्रेल हुने उत्तरकन्या अभियानलाई ध्यानमा राख्दै पार्टी कार्यालय नक्सलबारीमा कार्यकर्ताहरूसँग बैठक गरेकी हुन्। यस दिन मीनाक्षीले नक्सलबारीसम्म पदयात्रा गरि पार्टी कार्यकर्ता र नेताहरूमा नयाँ ऊर्जा भरिन् । उल्लेखनीय छ, रिक्त पदहरूमा स्थायी नियुक्ति, नयाँ स्थायी रिक्त पदहरू सिर्जना गर्न र भ्रष्टाचार र तोड़फोड़को राजनीति रोक्ने माग गर्दै डीवाईएफआईले १३ अप्रेलमा उत्तरकन्या अभियानको आह्वान गरेको छ।










