निशुल्क आँखा जाँच शिविरको आयोजना

4c99cb41-0c61-487d-8094-09ccdc13a054

सिलगढी: एएसजीआई अस्पतालसँगको सहकार्यमा ‘हम सब नई दिशा’ नामक संस्थाले आज सिलगढीको पातिकलोनी स्पोर्टिङ क्लबमा नि:शुल्क आँखा जाँच शिविरको आयोजना गर्‍यो। कार्यक्रममा एएसजीआई अस्पतालका पदाधिकारी लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो । यहाँ करिब २ सयदेखि २ सय ५० जनाको नि:शुल्क आँखा जाँच गरिएको छ । सबैलाई आँखा जाँचसँगै निःशुल्क औषधिसमेत उपलब्ध गराइएको छ । यहाँ आँखा जाँचका लागि आउने र आँखामा समस्या भएकालाई कार्ड पनि वितरण गरियो । पछि त्यो कार्ड लिएर एएसजीआई अस्पतालमा नि:शुल्क उपचार गर्न पाउने छन्। आजको आँखा जाँच शिविर एकदमै राम्रोसँग सम्पन्न भएको र ठूलो संख्यामा मानिसहरू आएको संस्थाले जानकारी गराएको छ ।

About Author

Advertisement