भारतका ४१ शिक्षण संस्थानहरूले वैश्विक स्तरमा शीर्ष १४२२ मा

University

नयाँ दिल्ली: विश्वको उच्च शिक्षण संस्थानहरू र विश्वविद्यालयहरूको क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) वर्ल्ड यूनिवर्सिटी ऱ्याङ्किङ-२०२३ मा भारतका ४१ शिक्षण संस्थानहरूले वैश्विक स्तरमा शीर्ष १४२२ मा ठाउँ बनाएका छन्। यसमध्ये सात संस्थानहरूलाई पहिलोपल्ट सूचीमा स्थान प्राप्त भएको छ। गत वर्ष यूनिवर्सिटी ऱ्याङ्किङमा भारतका केवल ३५ संस्थान नै सामेल थिए। केन्द्रिय शिक्षा एवं कौशल विकास मन्त्री धर्मेन्द्र प्रधानले भारतीय संस्थानहरूलाई यस उपलब्धीको निम्ति बधाई दिएका छन्। इण्डियन इन्स्टीट्यूट अफ साइन्स (आईआईएससी) बेङ्गलुरु देशको सर्वश्रेष्ठ शिक्षण संस्थान बनेको छ। आईआईएससी ताजा वैश्विक ऱ्याङ्किङमा अवर अल स्कोर ४९.५ को साथ १५५औं स्थानमा छ। संस्थान गत सालदेखि ३१ स्थान माथि पुगेको छ अनि भारतीय संस्थानहरूमा पहिलो स्थान हासिल गरेको छ।

यसपछि भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) बम्बे र आईआईटी दिल्लीले शीर्ष २०० मा ठाउँ बनाएका छन्। आईआईटी बम्बे गत सालको तुलनामा पाँच स्थान माथि पुगेको छ। यो संस्थान ४६.७ को साथ १७२औं स्थानमा छ। आईआईटी दिल्ली ४६.५ को साथ १७४औं स्थानमा छ। आईआईटी दिल्लीले ११ स्थान माथि गएको छ। सबै चुनिन्दा भारतीय प्रौद्योगिकी संस्थानहरूले आफ्नो स्थितिमा सुधार गरे। शीर्ष ३०० मा अन्यमा आईआईटी मद्रास (२५०औं), आईआईटी कानपुर (२६४औं) र आईआईटी खड़गपुर (२७०औं) सामेल छन्। त्यही, शीर्ष ४०० मा भारतका तीन आईआईटी छन्। आईआईटी रूड़की ३६९औं स्थानमा छ जबकि आईआईटी गुवाहाटी ३८४ र आईआईटी इन्दौर ३९६औं स्थानमा छन्। दिल्ली विश्वविद्यालय र जवाहर लाल नेहरू विश्वविद्यालयको ऱ्याङ्किङमा ह्रास दर्ता गरिएको छ। यस साल डीयूलाई ५२१-५३० को ऱ्याङ्किङमा स्थान दिइएको छैन। गत वर्ष डीयूलाई ५०१-५१० को श्रेणीमा राखिएको थियो। अन्ना यूनिवर्सिटी चेन्नईलाई ५५१-५६० ऱ्याङ्किङ श्रेणीमा राखिएको छ। आईआईटी संगारेड्डीलाई ५८१-५९०औं ऱ्याङ्किङमा राखिएको छ। जेएनयूलाई ६०१-६५०औं ऱ्याङ्किङ श्रेणीमा राखिएको छ जबकि गत वर्ष यो ५६१-५७० श्रेणीमा सामेल थियो।

आईआईटी बीएचयू वाराणसीलाई ६५१-७०० ऱ्याङ्किङमा स्थान दिइएको छ। ७०१-७५०को ऱ्याङ्किङमा जाधवपुर विश्वविद्यालय, कोलकातालाई स्थान दिइएको छ। मणिपाल उच्च शिक्षा अकादमी (माहे) र हैदराबाद विश्वविद्यालयलाई ७५१-८०० मा स्थान दिइएको छ। चण्डीगढ़ विश्वविद्यालय (८०१-१,०००) नयाँ प्रविष्टीहरूमा सबैभन्दा कम आयुको छ, जसको स्थापना दश वर्षभन्दा पनि कम समयअघि भएको थियो। यस बाहेक ८०१-१००० ऱ्याङ्किङमा आईआईटी भुवनेश्वर, जामिया मिल्लिया इस्लामिया, राष्ट्रिय प्रौद्योगिकी संस्थान (एनआईटी) तिरूचिरापल्ली, पोन्डिचेरी विश्वविद्यालय, शूलिनी विश्वविद्यालय सोलन, कोलकाता विश्वविद्यालय सामेल छ। १००१-१२०० ऱ्याङ्किङमा अलिगढ़ मुस्लिम विश्वविद्यालय, एमिटी यूनिवर्सिटी नोएडा, अमृता विश्वा विद्यापीठम अमृतपुरी, बनारस हिन्दू यूनिवर्सिटी, बिरला इन्स्टीट्यूट अफ टेक्नोलोजी एण्ड साइन्स पिलानी, सत्यभामा विज्ञान र प्रौद्योगिकी संस्थान चेन्नई, शिक्षा ओ अनुसन्धान यूनिवर्सिटी भुवनेश्वर, थापर इन्स्टीट्यूट अफ इन्जीनियरिङ एण्ड टेक्नोलोजी पटियाला, मुम्बई विश्वविद्यालय, वेल्लोर इन्स्टीट्यूट अफ टेक्नोलोजी सामेल छ।

यस वर्षको क्यूएस वर्ल्ड यूनिवर्सिटी ऱ्याङ्किङ अहिलेसम्मको सबैभन्दा ठूलो हो, जसमा सय स्थानमा १४१८ संस्थान छन्, जुन गत सालको १३०० भन्दा अधिक छ। मैसाचुसेट्स इन्स्टीट्यूट अफ टेक्नोलोजी (एमआईटी) लगातार ११औं वर्ष विश्वको नम्बर एकमा छ। कैम्ब्रिज विश्वविद्यालय दोस्रो स्थानमा पुगेको छ जबकि स्टेनफोर्ड विश्वविद्यालय तेस्रो स्थानमा बनेको छ। केन्द्रीय शिक्षा एवं कौशल विकास मन्त्री धर्मेन्द्र प्रधानले भारतीय संस्थानहरूलाई बधाई दिँदै ट्वीट गरे, क्यूएस वर्ल्ड यूनिवर्सिटी ऱ्याङ्किङ २०२३ मा ४१ भारतीय विश्वविद्यालयहरूले ठाउँ बनाएका छन्। सबै विश्वविद्यालयहरूलाई मेरो बधाई। भारतीय विज्ञान संस्थान (आईआईएससी) बेङ्गलुरू, आईआईटी बम्बे र आईआईटी दिल्लीलाई उनीहरूको अकादमिक उत्कृष्टता र लगातार शीर्ष २०० को वैश्विक लीगमा सामेल हुनका लागि बधाई।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *