गान्तोक। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज इञ्चे गुम्बामा आयोजित चार दिवसीय गुरू लाखाङ पूजाको समापन कार्यक्रममा सहभागिता जनाए। यस अवसरमा उनले राज्यबासीको सुख-शान्तिको निम्ति प्रार्थना गरे। कार्यक्रममा शिक्षा विभाग मन्त्री कुङ्गा निमा लेप्चा, शहरी विकास एवम आवास विभाग मन्त्री अरूण उप्रेती, कृषि विभाग मन्त्री लोकनाथ नेपाल, विद्युत एवम ऊर्जा विभाग मन्त्री एमएन शेर्पा, वन विभाग मन्त्री कर्मा लोडे भोटियाले पनि अंश ग्रहण गरेका थिए।

इञ्चे गुम्बामा पूजा अर्चना गरेपछि मुख्यमन्त्री तामाङले रोङ्गे गुम्बामा रिम्पोछे टुल्कु कुञ्जाङ द्रोदुल थाइको अभिषेक ग्रहणमा सहभागिता जनाए। यस कार्यक्रमको आयोजचना कुञ्जाङ नेगुड्रेप लिङ गोन्पा समितिद्वारा आयोजना गरिएको हो। टुल्कु रिम्पोछेलाई क्याब्जे लाचुङ रिम्पोछेले रिम्पोछेकोरूपमा चिन्हित गरेका हुन्।