अण्डर-१६ युथ लीग नक्आउट फूटबल टुर्नामेण्ट १४ जूनदेखि

IMG-20220609-WA0147.jpg

९ जूनः फूटबल खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै दह्रिलो आधार प्रदान गर्ने लक्ष्य लिएर निरन्तर कार्य गर्ने सुबोध फूटबल एकाडमीको तत्त्वावधानमा आउँदो १४ जूनदेखि अण्डर-१६ युथ लीग नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को आयोजन गरिनेछ। मिलनमोड़को सेण्ट जोन्स स्कूल नजिक मेचे बस्तीमा स्थित नेटवर्क मिनिष्ट्री सेण्ट्रल खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा ९ वटा टीमले हिस्सा लिनेछ, जसमा आयोजक सुबोथ फूटबल एकाडमीको यल्लो अनि ब्ल्यू टीम, इज्रायल गुरुङ फूटबल एकाडमी, हिल फूटबल एकाडमी, युनाइटेड सिक्किम फूटबल एकाडमी, युनाइटेड सिलगढ़ी फूटबल एकाडमी, नादोङ भूटिया फूटबल एकाडमी, मिलनमोड़ फूटबल एकाडमी र माउण्ट जियोन ईंग्लिश बोर्डिंग स्कूलको टीम सामेल छ। आयोजक सुबोथ एफए-का मुख्य प्रशिक्षक सुबोध मुखियाले बताए अनुसार, टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ जून र फाइनल १८ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement