नवविवाहिताको अस्वभाविक मृत्यु, हत्याको आरोप

1500x900_988505-dead-body-of-man-motorcycle-recovered-from-well-in-angul.jpg

उत्तर दिनाजपुरः करनदिघ थाना क्षेत्र अन्तर्गत माछोल गाउॅंमा एक नवविवाहिताको अस्वाभाविक मृत्युको मामिला प्रकाशमा आएको छ। पुलिस सूत्रहरू अनुसार, महिलाको नाम हलीमा खातून हो। १८ वर्षीय मृतकको शव पुलिसले पोस्टमार्टमको निम्ति रायगंज मेडिकल कलेज एवं अस्पतालमा पठाएको छ।

जानकारी अनुसार, माछोल गाउॅंको ऐनुलको छोरा जाबिरको विवाह एक वर्षअघि हलीमा खातूनसॅंग भएको थियो। मृतककी पिता बादीरुद्दीनले ज्वाई जाबिर अलीमाथि दहेजको निम्ति सताउने गरेको आरोप लगाएका छन्। यसै विषयलाई लिएर सासु-ससुराले उनको छोरीको हत्या गरेर झुण्ड्याएको उनले दाबी गरेका छन्। बदरुद्दीनले करनदिघी थानामा जाबिर अली र परिवार विरूद्ध प्राथमिकी दर्ता गरेका छन्। घटनापछि आरोपित परिवार बेपत्ता रहेको बताइएको छ। पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement