सिक्किमे एकता यात्राः कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम ल्याउने विषयमा चर्चा

Karmapa_2007_the17_01.jpg

गान्तोकः हाम्रो सिक्किम पार्टीले ६ अप्रेलदेखि उत्तर सिक्किमको कबि लुङचोकबाट ‘सिक्किमे एकता यात्रा’ शुरू गरेको छ। पहिलो दिनको यात्रा अन्तर्गत पार्टी अध्यक्ष भाइचुङ भोटियाले उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूको भ्रमणका साथै फुदोङ गुम्पाका ओम्जे छेवाङसॅंग चर्चा गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

यस क्रममा छेवाङले १७औं ग्यालवाङ कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम ल्याउने मागमाथि चर्चा गरे। दुवैले यस मुद्दामाथि राजनीति भएको र धर्मगुरुलाई सिक्किम ल्याउन सबै एकजुट बन्नु पर्ने विषयमा चिन्ता गरेको बताइएको छ। भोटियाले यसलाई सत्य रूपमा परिणत गर्न आफुले हर सम्भव प्रयास गर्ने आश्वासन छेवाङलाई दिए।

भोटियाले कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम ल्याउन राज्य सरकारलाई एउटा टीम गठन गर्न आह्वान गरेका छन्। हाम्रो सिक्किम पार्टीले कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम ल्याउने विषयलाई अति महत्वपूर्ण ठान्दछ र यसलाई साकार बनाउने प्रयासहरूमा एकजुट बन्ने छ भनी बताएको छ।

About Author

Advertisement